पार्टीको विवाद मिलाउन श्रेष्ठ र महराद्धारा बैद्य पक्षसँग छलफल

२१ जेष्ठ २०६९, आईतवार १२:४७ मा प्रकाशित

काठमाडौ, २१ जेठ । पछिल्लो समयमा पार्टीमा उत्पन्न विवाद समाधानको लागि एकीकृत माओवादीका मध्यमार्गी धारका नेताहरुले असन्तुष्ट मोह बैद्य पक्षसँग छलफल सुरु गरेका छन् । बरिष्ठ उपाध्यक्ष बैद्य समूहले नयाँ पार्टीको घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएपछि माओवादीको संस्थापन पक्षले पार्टी एकताको प्रयासस्वरुप छलफल सुरु गरेको हो । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता कृष्णबहादुर महराले आज बिहान बैद्य लगायतका असन्तुष्ट नेताहरुसँग औपचारिक तथा अनौपचारिक रुपमा छलफल गरेको माओवादी स्रोतले जनाएको छ । हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवाद समाधानको लागि पहल थाल्न उपाध्यक्ष श्रेष्ठ र नेता महरालाई आग्रह गर्नु भएको थियो ।  बैद्य समूहले भने पार्टी एकताको लागि अध्यक्ष प्रचण्डले पद् त्याग गर्नुपर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले