अन्ना-रामदेव अनसनमा

२१ जेष्ठ २०६९, आईतवार १२:४४ मा प्रकाशित

नयाँदिल्ली, जेष्ठ २१ – भ्रष्टाचार तथा कालो धनको विरोधमा सामाजिक कार्यकर्ता अन्ना हजारे र बाबा रामदेव महाराष्ट्र संसद् मार्गमा आइतबार अनसनमा बसेका छन् ।

बिहान १० बजे सुरु भएको अन्ना-रामदेव अनसन साँझ ६ बजेसम्म चल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अनसनस्थलमा उनीहरुका समर्थकको ठूलो भीड छ । दिल्ली प्रहरीले ५ हजारसम्मलाई जम्मा हुन स्वीकृति दिएको छ ।

राजघाटमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गरी अन्ना-रामदेव अनसनस्थल पुगेका थिए । रामदेवले कालोधन फिर्ता गर्न आगामी अगष्टदेखि अन्तिम लडाईं लड्ने चेतावनी दिए । उनले भ्रष्टाचारका कारण भारु कमजोर भएको उल्लेख गर्दै आफूहरुको लडाईंमा साथ लिन अपिल गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

तेलअबिब । इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको