अवतरण गर्दै गरेको विमानले ठक्कर दिँदा बसमा रहेका १० को मृत्यु

२१ जेष्ठ २०६९, आईतवार १२:४१ मा प्रकाशित

 आक्रा, जेठ २१ (एजेन्सी) – घानाको राजधानी आक्राको विमानस्थल नजिकै एउटा कार्गो विमान दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। रनवे छाडेर एउटा बसमा ठोक्किन पुगेको विमानका चालकदलका सदस्य भने सकुशल रहेको बताइएको छ। बोइङ ७२७ एलियड एअरप्लेन दुर्घटना भएलगत्तै अग्नी नियन्त्रक र उद्दारकर्ता सक्रिय भएका थिए।

यसले थप क्षति हुन रोक्यो। विमान नाइजेरियाको आर्थिक राजधानी लागसबाट आएको थियो। विमानस्थल प्रशासनले डीएचभी १११ फ्लाइट नम्बर रहेको विमान रनवेभन्दा बाहिरिएको जानकारी दिएको छ। चालक दलका चार सदस्यलाई उपचारका लागि विमानस्थलमै रहेको क्लिनिकमा लगिएको छ। विमान दुर्घटनामा मर्नेमा भने बसभित्र रहेका मानिस परेका छन्। बस पूर्ण ध्वस्त भएको छ भने विमानको पंखा र पछाडिको भागमा क्षति पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार