प्रधानमन्त्री धुलिखेलको गोप्य बसाई पछि काठमाडौ फिर्ता

२१ जेष्ठ २०६९, आईतवार ०८:५६ मा प्रकाशित

काभ्रे, २१ जेठ । आराम र अध्ययनको लागि काभ्रको धुलिखेल आउनुभएकोे प्रधानमन्त्री डा. बाबुराम भट्टराई धुलिखेलबाट राजधानी फर्कनुभएको छ । पत्रकारहरुलाई आज १० बजे पत्रकार सम्मेलन गरेर फर्कने भनिए पनि प्रधानमन्त्री बिहान सबेरै काठमाण्डू फर्किनुभएको हो । एका बिहानै पत्रकारहरु समाचार संकलनका लागि पुग्नुभन्दा अगावै प्रधानमन्त्री काडमाण्डौ फर्किनुभएको थियो । स्रोतका अनुसार पत्रकारहरुसँग कुरा नगर्ने मनसायले बसेको ठाँउ पनि गोप्य राखिएको थियो । शनिबार साँझ पत्रकारहरुले बसेको ठाँउ पत्ता लगाएर समाचार संप्रेषण गरेपछि प्रधानमन्त्री बिहानै हिडेको होटलले जनाएको छ । धुलिखेल माउण्टेन रिसोर्टका अनुसार प्रधानमन्त्री भट्टराईले विहानको खाना समेत अर्डर भएको थियो । तर विहान बे्रक फाष्ट पनि नखाई काठमाण्डौ जानुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता