बृहत मधेसी मोर्चाको असन्तुष्ट समूहको बैठक

२१ जेष्ठ २०६९, आईतवार ०८:५२ मा प्रकाशित

काठमाडौ, २१ जेठ । आगामी रणनीतिको बारेमा छलफल गर्न बृहत मधेसी मोर्चामा आवद्व असन्तुष्ट नेताहरुको बैठक आज बस्दैछ । मोर्चाका संयोजक उपेन्द्र यादवले आफूहरुसँग कुनै सल्लाहनै नगरी कारबाही गरेको घोषणा गरेकोले कसरी अघि बढ्ने बारेमा दिउँसो छलफल गर्न लागिएको मोर्चामा माओवादीका तर्फबाट सहभागी नेता रामरिजन यादवले  जानकारी दिनुभयो । हिजो मोर्चाका संयोजक यादव लगायतका नेताहरुले राजधानीमा पत्रकार सम्मेलन गरेर माओवादीको तर्फबाट मोर्चामा सहभागी ३ जना नेतालाई पद् मुक्त गरेको घोषणा गरेका थिए । असन्तुष्ट नेता रामरिजन यादवका अनुसार छुट्टै मोर्चा बनाउने बारेमा आज छलफल र निर्णय गरेपछि भोलि पत्रकार सम्मेलन गर्ने बारेमा कुराकानी भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे

काठमाडौं । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नुपर्छ

काठमाडौँ । भारतीय राजदूत नविन श्रीवास्तव आज काठमाडौंँ आउने भएका छन् । श्रीवास्तव आज अपरान्ह ४ बजे काठमाडौं आउन लागेका

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनका क्रममा एमालेमै बसेका १० स्थायी कमिटी सदस्यहरुलाई दासको संज्ञा दिएका