न्यायाधिस हत्याको शोकमा आज मुलुकभरका न्यायालय बन्द

२१ जेष्ठ २०६९, आईतवार ०८:४९ मा प्रकाशित

काठमाडौ, २१ जेठ । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याको विरोधमा आज देशभरका न्यायालयहरु बन्द गरिएको छ । ४ दिनअघि सर्वोच्च अदालतका न्यायाधीश बमको काठमाडौंको शङ्खमूल नजिकै अज्ञात ब्यक्तिहरुले हानेको गोली लागेर मृत्यु भएको थियो । मन्दीरबाट फर्केर कार्यालाय जाँदै गर्दा गोली लागेर गम्भीर घाइते बमको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको थियो । १८ गत्ते बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले बमको हत्याको विरोध र शोकमा आज देशभरका न्यायालय बन्द गर्ने निर्णय गरेको थियो । बमको हत्याको बारेमा छानबिन तथा अनुसन्धान गर्न समिति गठन गरिएको भए पनि कुनै ठोस उपलब्धी  हासिल गर्न नसकिएको समितिले जनाएकोछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई