स्वामीको भेषमा डलर तस्करी

२० जेष्ठ २०६९, शनिबार २२:१४ मा प्रकाशित

 

ज्योतिषि तथा आध्यात्मिक गुरुको भेषमा नेपालहुँदै चीनतर्फ डलर तस्करी गर्न लागेका कथित स्वामी समीक्षानन्दजी महाराजलाई बाह्रविसे प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको महाराष्ट्र नसिक निवासी ४५ वर्षिय समीक्षानन्दका साथ महेन्द्रपाल चौधरी र मिनाक्षी चौधरी नामक युवती पनि पक्राउ परेका छन् । गत बिहिबार बिहान ९ बजे इलाका प्रहरी कार्यालय बाह्रबिसेको प्रहरी टोलीले समीक्षानन्दको साथबाट ४० हजार अमेरिकी डलरसहित पाउण्ड २ सय, घुर्मु ३ हजार १ सय ४१ र भारतीय रुपैयाँ ४६ हजार ५ सय फेलापारेको छ । कोदारी लोकमार्गहुँदै चीनको खासाको बाटोगरी मानसरोवरको यात्रामा निस्केका भनिएका उनीहरुसँगै अन्य ३३ जनाको टोलीलाई पनि प्रहरीले शंका लागी खानतलासी लिएको थियो । बा.२ ख ८१८ नम्वरको बस रिजर्भ गरी सोही स्थानतर्फ जान लागेका उनीहरुमध्ये धुलीखेलका दीपक कार्कीको साथबाट ८ सय ३० अमेरिकी डलर र ३ लाख भारतीय रुपैयां फेला परेको र कार्कीलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको