डायस्पोरिक लेखनलाई डलरको बात् — हरि घिमिरे

२० जेष्ठ २०६९, शनिबार १९:२१ मा प्रकाशित

नेपाल प्रज्ञा–प्रतिष्ठान, गद्यआख्यान विभागबाट आयोजना गरेको ‘नेपाली डायस्पोरिक लेखन र आख्यान’ विषयक कार्यक्रममा सहभागी हुने मौका पाइयो। यसमा नेत्र एटमद्वारा कार्यपत्र प्रस्तुत गरिएको थियो भने कुमार कोइरालाद्वारा टिप्पणी गरिएको थियो। निश्चय नै प्रज्ञा–प्रतिष्ठानले ढिलै भएपनि एउटा राम्रो कार्यक्रमको आयोजना गरेर धन्यवादको पात्र भएको छ। नेत्र एटमजी पनि साह्रै मेहनत गरेर कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। कुमार कोइरालाले पनि समालोचनात्मक भन्दा पनि कसैलाई नबिझाउँने खालको टिप्पणी गर्नु भएको थियो। तर आज समाज भूमण्डलीकरणको द्रुत्ततर दौडमा हिडेका बेला डायस्पोरिक चिन्तनलाई अझ व्यापक र गहिरो पाराले हेर्नु पर्छ कि जस्तो लाग्छ। डायस्पोरा भन्नाले ”सिमलका भुवाबाट उत्पन्न वियाँबाट छरिएर उम्रेका बिरुवालाई” भन्ने बुझे पनि पछि गएर इजरायलबाहिर छिन्नभिन्न भएर बसेका यहुदीहरूलाई बुझाएको प्रसङग उल्लेख गर्दै वर्तमान युगमा चाहिं जन्मभूमिबाट कर्मभूमिमा गएर बसोवास गरेका जनसमुदायलाई चिनिन्छ भनेर नेत्रजीले परिभाषित गर्न खोज्नु भएको छ।
यो परिभाषा नेपालका सन्दर्भमा ठीक छ तर परिभाषा र नेपाली डायस्पोरिक लेखनको विश्लेषणको तालमेल चाहि मिलेको छैन किनभने सैयौं वर्षदेखि भारत, भुटान, बर्मा आदि देशमा पुगेर आफ्नो सँस्कृतिको र212ा गर्दै बसेका नेपालीको इतिहास जीवन्त छ। उनीहरूलाई हामीले डायस्पोरिक नेपाली भन्न सकेका छैनौं। उनीहरूले लेखेको साहित्यलाई डायस्पोरिक साहित्य भनेर स्वीकार्न सकेका छैनौं। अनि हामी ठोकेर भनि दिन्छौं–अमेरिकाबाट दुइ वर्ष अघि प्रकाशित उपन्यासलाई ‘पहिलो डायस्पोरिक उपन्यास’ हो। परिभाषा दिंदा विदेशी विद्वानले भनेका आधारमा डास्पोराको परिभाषा दिने अनि ‘डायस्पोरा नेपाली’ भनेर अमेरिका र केही युरोपियन मुलुकमा गएर बसेका नेपालीलाईमात्र समेट्ने धृष्टता गरियो भने नेपालबाहिर बसेर इतिहास बनाएका नेपाली कलमवीरहरूप्रति ठूलो अन्याय हुन्छ। त्यसैले यदि नेपालबाहिर गएर आफ्नो भाषा र शिल्प, सङगीत र नृत्य, धर्म र विश्वास अनि भेस र भुषाको संर212ण गर्दै कोही बसेको छ भने त्यो डायस्पोरिक नेपाली हुनु पर्छ, चाहे त्यो भारतीय होस्, चाहे त्यो भूटानी होस् वा अमेरिकन, युरोपियन, रसियन, जापानिज जो सुकै होस्। अनि उसले लेखेको साहित्यलाई डायस्पोरिक साहित्य भनेर स्वीकार्नु पर्छ।
निश्चय नै ‘डायस्पोरिक’ शब्द पहिले चलन चल्तीमा नआएकाले नेपालबाट विदेशिएका, विशेष गरेर भारत गएर बसेका नेपालीहरूको योगदानलाई ‘प्रवासी योगदान’ भनिएता पनि अब समय–परिस्थिति र वातावरण बदलिएका परिप्रेक्ष्यमा विश्वका कुनै कुनामा बसेको नेपालीलाई पनि समेटेर ‘डायस्पोरा’ भित्र राख्नु पर्छ। अर्थात् भारतमा बसेका गोर्खालीहरूले रचेका गीत र सवाइ वा प्रवासी चेतनाको रुवाइको लामो इतिहास डास्पोराको इतिहास बन्नु पर्छ। अनि डायस्पोराको पहिलो उपन्यास दुइ वर्ष अघि अमेरिकाबाट प्रकाशित उपन्यास नभएर ७६ वर्ष अघि प्रकाशित रुपनारायण सिंहको ‘भ्रमर’ बनाउँन सकिन्छ। नेत्र जीले भने झैं–’डायस्पोराले भाषा–सँस्कृति–र पहिचानसहितको मान्छेको छरिने प्रक्रियालाई बुझाउँछ। यसकारण डायस्पोरिक पहिचान दिन मूल रुपमा पकाउँने र खाने बानी, चाडपर्व मनाउँने तरिका, चिन्तन, एकअर्कासँग सम्बन्ध राख्ने आदि दैनिक व्यवहार पर्याप्त हुन्छन्’।
यो कुरा दार्जिलिङ्ग, आसाम, भाक्सु, देहरादून, मेघालय, सिक्किम, भूटानमा पनि लागु हुँदैन र? यसबारे व्यापक छलफल गरेर डायस्पोराको 212ेत्रलाई सीमाङकन गर्दा नेपालबाहिरका सम्पूर्ण 212ेत्रलाई समेट्नु उपयुक्त हुन्छ होला। सबैभन्दा महत्वपूर्ण कुरा के भने–प्रज्ञा–प्रतिष्ठानले बेग्लै ‘डायस्पोरा डेस्क’ बनाउँन लागेको रहेछ। यो ज्यादै प्रशंसनीय छ। अब यसले आधिकारिक भूमिका खेलेर डायस्पोरा सम्बन्धि समस्याको निराकरण गर्ने मात्र होइन नेतृत्वदायी भूमिका खेलेर सबैलाई समेट्ने प्रयास पनि गर्नु पर्छ। कार्यक्रमको बीचमा प्रश्नोत्तर कार्यक्रम पनि राखिएको थियो। यसमा महत्वपूर्ण प्रश्न पनि आए।
कैयौं महत्वपूर्ण सवाल पनि उठे। तर कसैका टिका–टिप्पणीले डायस्पोरा–साहित्यका बारेमा गंभीर आरोप लगाइए। १५०० डलर दियो भने डायस्पोरिक–साहित्यकार हुन पाइन्छ भन्ने तर्क राख्तै एक –दुइ जना साहित्यकारहरू साहित्यकार नै होइनन्, तिनीहरूको नाम कसरी राखियो भन्ने प्रश्न पनि उठे। कसैले–’डलरद्वारा लेखिएको साहित्य’ भनेर डायस्पोरालाई औचित्यहीन बनाउँन खोजे भने एक जना’डाक्टर’ले त –’सँस्कृत नपढेको मान्छेले साहित्य लेख्नै सक्तैन र सँस्कृत पढेकाबाहेकले लेखेको साहित्य नै हुँदैन’ भन्दा हल व्यङ्ग्यको हाँसोले गुञ्जिएको थियो। मलाई चाहि उहाँको डाक्टरी उपाधी प्रति नै दया जागेर आयो।
जे होस्, अनेकौं विवशता–बाध्यता, अध्यन–अनुसन्धानमा क्रियाशिलता अनि अवसरको खोजिमा हिड्ने धृष्टताले नेपालीहरू संसारको कुना–कुनामा पुगेका छन् र पुग्दै पनि छन्। आफ्ना अभिभावक–प्रियजन वा प्रेमी–प्रेमिकालाई टाढा राख्नु पर्ने अवस्था, आफ्नो माटालाई मुटुबाट छुट्ट्याउँनु पर्ने अवस्था वा टाढाबाट हेर्दा आफ्नो देशको दुरावस्थाबाट चिन्तित बनेर तिनै नेपालीको सचेत–असचेत अभिव्यक्तिलाई अहिले डास्पोरिक साहित्य भनेर स्थापना गर्न खोजिएको छ र यही मूल्य र मान्यतालाई चिनाउँन खोजिएको छ। यस्ता कार्यपत्रले भविष्यको डायस्पोरिक काव्ययात्रालाई बाटो देखाउँने मात्र होइन यसका सैद्धान्तिक प212का मूल्य र मान्यतालाई स्थापित गराउँन कोसेढूङगा सावित हुने छ भन्दै आयोजक प्रज्ञा–प्रतिष्ठान र प्रस्तोता नेत्र एटमजीलाई धन्यवाद।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा