“प्रश्नचिन्हको सगरमाथा” -रोशन सुबेदी

२० जेष्ठ २०६९, शनिबार १९:०५ मा प्रकाशित

महाशय !
तिम्रो पिपलपाते बोली
अनि मखुन्डोले छोपेको अनुहार
षडयन्त्र र कुटिल चालमा बेरिएका
समयलाई बन्दी बनाउने ढर्रा
बोलीमा फैलिएको आदर्श र व्यवहारको देखिएको उत्ताउलोपन
शक्तिमा टाँसिरहने कुत्सित स्खलित छबि
जतात्यतै छताछुल्ल पोखिएको छ

महाशय !
तिमीले दिएका मीठा आश्वासनका
चाङ्ग अझै ठडिएकै छन्
देश र जनताका नाममा पोखिएको
रगत अझै लतपत छ यत्रतत्र
युगौदेखि पीडाले बनाएका निला घाउ डामहरु
अझै छातिमा, पिठ्युमा ताजै छन्
भोक, रोग र शोकले थलिएका अनुहार फैलिएकै छन्

तर तिमीसँग त अब सबै कुरा छ
बिलासी, गाडी, घर, नगद, आरामदायी संसार..
घेरैघेराको सुरक्षा..अनि राज्यको ढुकुटी
तिमीले काम गर या नगर….
संविधान बनाउ या नबनाउ
देश र समयलाई बन्दी बनाएर
युगौ पछाडि पार या मनोगत ईच्छामा जे गर
आफै नियम बनाउ र जनताका सपनाहरु च्यात
तिमीलाइृ सबै सबै छुट छ
किनति तिमी मान्छेबाट भगवानमा रुपान्तरण भएका छौ ।

महाशय !
जात भात र उचनिचको भडखालोमा उक्साएर
सदभावको पवित्र बन्धन भत्काएर
जातियताको टायर बालेर
बस्ती आगो बाल्न खोजेको हो ?
या जनताको मूक्ति खोजेको हो ?
या आफ्नै अहंकारमा
उज्यालो गन्तव्यको बाटो भत्काएर
देशलाई अँध्यारो सुरmङ्गतिर डोर्याउने
सत्ताका भुवादार उन्मादमा टासिरहने हो ?

महाशय !
तिम्रो स्वार्थको दुन्दुभी
कुत्सित मनशाय
माकुरेजालको पर्दाफास भइसक्यो

महाशय !
अब यत्तिमात्र भनिदिनुस्
तिमीले खोजेको यात्रा ÷पुग्ने गन्तब्य
अँध्यारो सुरmङ्गतिर हो कि ? उज्यालो गन्तव्यतिर ?
मातृभूमि सुमालिया, रुवाण्डा बनाउन खोजेको हो कि ?
सुन्दर शान्त विकसित संघिय नेपाल ?
प्रश्नचिन्हको सगरमाथा ठडिएको छ ।

हालः नरेफाँट जडिबुटी, काठमाण्ठौ
[email protected]

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार