अमेरिकाको एटलान्टामा एपिएसीको २७औं बार्षिक भेला सम्पन्न

२० जेष्ठ २०६९, शनिबार १८:५३ मा प्रकाशित

राजा घले, एटलान्टा, अमेरिका । अमेरिकाको एटलान्टा राज्यमा एपिएसीको २७औं बार्षिक भेला  भव्यताका साथ सम्पन्न भएको छ । सन् १९८५ मा स्थापना भएको यस नाफारहित सस्था एपिएसीले अमेरिकाको एशिया प्यासिफिक सम्पदामा हरेक वर्ष उक्त कार्यक्रम गर्दै आइरहेको छ । बिगतका कार्यक्रममा जस्तै यस पटक पनि  कार्यक्रममा रात्रि भोजको आयोजना गर्नुका साथै विभिन्न एसियन देशका प्रतिनिधिहरुले आ -आफ्नो देशको कला संस्कृति झल्काउने नृत्य र गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सुरुवात आ – आफ्नासमुदाएको परिचय र एपिएसीको  सभापति भ्यारिन संगमालीको स्वागत भाषणबाट सुरु भएको थियो । कार्यक्रमको संचालन उदघोशक दय भिन्सेन्ट ब्याली र हेलेन किम होले गरेका थिए । उक्त कार्यक्रममा जर्जिया उच्च अदालतका चिफ जस्टिस क्यारोल हंस्तिन लगायत अन्य अतिथि बक्ताको रुपमा चर्लोत्ते नास को सहभागिता रहेको थियो । कार्यक्रम लाई रोचक बनाउनका लागि कार्यक्रमको बिचमा र अन्त्यमा राफल चिट्ठाको आयोजना गरिएको थियो । उक्त कार्यक्रम बोर्ड अफ डाइरेक्टर राजा घलेले संचालन गर्नु भएको थियो । उक्त समारोहमा विध्ययार्थीहरुका लागि क्षात्रवृत्ति वितरण कार्यक्रम पनि गरिएको थियो । नेपाली समुदायका तर्फबाट निबन्ध प्रतियोगितामा बिजेता निकी घिमिरेले क्षात्रवृत्ति प्राप्त गरेकी थिइन् ।  कार्यक्रममा नेपाल र नेपाली समुदायको प्रतिनिधित्व नासाका पूर्व सभापति राजा घलेले गर्नु भएको थियो । कार्यक्रममा नेपालीहरुको सबै भन्दा बढी उल्लेखनीय सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद