गैर आवासीय नेपाली संघ युरोपियन पाँचौ क्षेत्रिय बैठकको उद्घाटन

२० जेष्ठ २०६९, शनिबार १८:३३ मा प्रकाशित

शालिकराम गौतम, नेदरल्याण्ड । गैर आवासीय नेपाली संघ युरोपियन पाँचौ क्षेत्रिय सम्मेलन नेदरल्याण्डको आमसटर्डममा १ जुनबाट सुरु भयो। युरोपियन मुलुकमा रहेका गैर आवासीय नेपाली संघको संस्थागत विकास र साझा मञ्चको रुपमा स्थापना गर्ने उद्धेश्यले यो बैठकको आयोजना गरिएको हो। उद्घाटन सत्रकामा बोल्दै गैर आवासीय नेपाली संघ युरोपियन क्षेत्रिय संयोजक कुमार पन्तले सभापतिको आसनबाट बोल्दै एनआरएनहरु नेपालको आर्थिक संमृद्धिको अभियानमा लागेको र यहाँबाट विभिन्न विषयहरुमा छलफल गरेर आवश्यक नितिहरु तय गर्ने बताउँदै सवैलाई हार्दिक धन्यबाद तथा आभार व्यक्त गर्नु भयो।
कार्यक्रमका प्रमुख अतिथी बेनेलक्सका नेपाली राजदुत राम मणि पोखरेलले व्यक्ति संमृद्ध भएर केहि हुदैन राष्ट संमृद्ध हुनु पर्ने, एनआरएनको हैषियत यसले नेपालमा गर्ने लगानीले निर्धारण गर्ने र नेपालमा लगानी गर्नको लागि द्धन्दले वातावरण नविगारेको बताउनु भयो। नेपालमा प्रचुर मात्रामा श्रोतहरु भएकोले आर्थिक संमृद्धिको लागि एनआरएनले लगानी तथा व्यवस्थापन गर्न सहयोग गर्नु पर्ने बताउन भयो। उद्घाटन सत्रमा बोल्दै गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक उपेन्द्र महतोले हामी जुनसुकै राजनीतिमा आस्था राखे पनि हामी नेपाली जाति हौ। नेपालको अवस्था एकदमै नाजुक रहेको कारणले हामी सवै मिलेर आर्थिक रुपमा सबल बनाउनु पर्ने कुरामा जोड दिनु भयो। गैर आवासीय नेपालीहरुले सल्लाह मात्रै नदिएर अव काम गरेर देखाउनु अनुरोध गर्दै पाँचौ युरोपियन क्षेत्रिय बैठकलले नेपाल निमार्णका लागि राम्रो सन्देश दिने आशा व्यक्त गर्नु भयो।

एनआरएनका अध्यक्ष जिवा लामिछानेले देशमा शान्तिपुर्ण निकासका लागि दलहरुविच सहमतिको विकल्प नरहेको, अव हुने चुनावमा गैर आवासीय नेपालीहरुले भोट हाल्न पाउने अधिकारका लागि प्रयास गरिरहेको, जलविद्युतमा गर्न लागिएको सामुहिक लगानिमा गैर आवासीय नेपालीहरु उत्साहित रहेको र साथसाथै च्यारिटी कार्यक्रमलाई महत्व दिइने, नेपाली नागरिकताको निरन्तरताको लागि लगातार प्रयास गरिदै आइएको, वैदेशिक रोजगारलाई कसरी व्यवस्थित र मर्यादित बनाउने, खुल्ला विश्वविद्यालय, एनआरएनको स्थायित्व, एनआरएन दर्ता प्रकृया जस्ता कामहरुलाई निरन्तरता दिइने बताउनु भयो।
उद्घाटन सत्रमा संरक्षक राम प्रताप थापा, हितमान गुरुङ, उपाध्यक्ष आइसिसि, लक्ष्य गुरुङ, डेपुटी कोअर्डिनेटर युरो, महिला उपसंयोजक राधा बस्नेत, दिल गुरुङ सल्लाहकार, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदमा नेदरल्याण्डबाट सदस्य शारदा बराइली, एनआरएनए नेदरल्याण्डका अध्यक्ष नारायण आचार्य, एनआरएनए नेदरल्याण्डका संस्थापक अध्यक्ष तथा नेपाल टुरिजम बोर्डका अनररी पिआर रेप्रिजेन्टिटिभ शशि पौडेल, रामबाबु नेपाल नेदरल्याण्डबाट पुर्व आइसिसि सदस्य तथा संरक्षक, हरि पौडेल एनआरएनए एनसिसिका पुर्व अध्यक्ष तथा संरक्षक आइसिसि सदस्यहरु बेलायतबाट राजन कंडेल, बेल्जियमबाट अर्जुन श्रेष्ठ, डेनमार्कबाट सोम सापकोटा, फिनल्याण्डबाट सुमन खड्का, फ्रान्सबाट अशोक न्यौपाने, जर्मनीबाट सन्तोष भट्टराई, लक्जमबर्गबाट रमेश तोयाना, नर्वेबाट चुडामणी लामिछाने, पोर्चुगलबाट पुर्ण हमाल, रसियाबाट डा. बद्री केसी, सपिला राजभण्डारी र स्पेनबाट पुष्पराज तिमिल्सिना, त्यस्तै गरि एनसिसि अध्यक्षहरुमा बेलायतबाट कुल आचार्य, बेल्जियमबाट जानकी गुरुङ, जर्मनीबाट पुष्प थापा, इटलीबाट डा अनिल भट्टराई, रसियाबाट उत्सव अमात्य, स्पेनबाट अर्जुन काफ्ले, स्विट्जरल्याण्डबाट डा. विनय श्रेष्ठ, लेबनानका एनआरएन एनसिसिका संस्थापक अध्यक्ष तथा चिफ एडभाइजर दिपेन्द्र उप्रेती, ग्रिसका अध्यक्ष कृष्ण पोखरेल विभिन्न देशहरुबाट कार्यसमितिका सदस्यहरु, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समिति कार्यदलका सदस्यहरु, प्रेस युनियनका महासचिव शिल लम्साल, पत्रकारहरु राजेन्द्र भट्ट नेपाली टेलिभिजन लण्डन, विमल गौतम बिबिसी नेपाली सेवा
नमस्ते हल्याण्डका चन्द्र केसी, शालिक गौतम, गुणराज शर्मा र कलाकारहरु प्रदीप बमजम, सिन्धु मल्ल, रेजिना उप्रेती र बद्रि पंगेनी, नेपाल ओलम्पिकका वरिष्ठ पदाधिकारी तेन्डी शेर्पा लगायत विभिन्न देशका प्रतिनिधहिरुको सहभागिता रहेको छ।

कार्यक्रम संचालन शिव गुरुङ एनआरएन नेदरल्याण्डसका उपाध्यक्ष र संगित मरहत्ताले संयुक्त रुपमा संचालन गर्नु भएको थियो भने स्वागत मन्तव्य एनआरएन नेदरल्याण्डका अध्यक्ष नारायण आर्चाय र धन्यबाद ज्ञापन एनआरएन आइसीसी सदस्य शारदा बराइलीले गर्नु भएको थियो।

नेपाली तथा नेदरल्याण्डको राष्ट्रिय गान र कार्यक्रमका प्रमुख अतिथि राम मणि पोखरेल, एनआरएन अध्यक्ष जिवा लामिछाने र संस्थापक अध्यक्ष उपेन्द्र महतोले संयुक्त रुपमा गर्नु भएको थियो। औपचारिक कार्यक्रम समापन पश्चात साँगितिक कार्यक्रम गरिने छ।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न