माओवादी भित्रको विवादमा सहमति गरी पार्टी एकताको पहल गर्ने जिम्मा श्रेष्ठ र महरालाई

२० जेष्ठ २०६९, शनिबार १७:५६ मा प्रकाशित

काठमाडौ, २० जेठ । पार्टी एकताका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनौपचारीक पहल सुरु गर्नु भएको छ । संस्थापन पक्ष र उपाध्यक्ष मोहन वैद्य पक्षबीच चर्किदै गएको विवादलाई हल गर्न पार्टी अध्यक्ष प्रचण्डले आज केही वरिष्ठ नेताहरूसँग छलफल गर्नुभएको छ । अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा भएको छलफलमा अन्तिम समयसम्म पनि पार्टीलाई एकताबद्ध बनाएर लैजान पहल गरिने र त्यसो हुन नसके वैकल्पिक उपाय खोजेर पनि पार्टीलाई एकढिक्का बनाउन पहल गरिने निष्कर्षमा पुगेको प्रचण्डको निजि सचिवालयले जनाएको छ । आज प्रचण्डले उपाध्यक्ष नारायणकाजी श्रेष्ट र स्थायी समिति सदस्य कृष्णबहादुर महरासँग छलफल गर्नु भएको छ । छलफलमा वैद्यपक्षसँग छलफल गरेर एकताका लागि पहल गर्ने जिम्मा उपाध्यक्ष श्रेष्ठ र सदस्य महरालाई दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१

चितवन । चितवनकाे भरतपुर महानगर पालिका ५ कैलाश नगरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालककोमृत्यु भएको छ । आज