एमालेले जनजाती र मधेसी नेताले उठाएका माग सम्वोधन गर्ने

२० जेष्ठ २०६९, शनिबार १७:५३ मा प्रकाशित

काठमाडौ, २० जेठ । पार्टीभित्रको असन्तुष्टि कम गरेर भावी रणनीति बनाउन बसेको नेकपा एमाले पोलिटब्यूरो बैठकमा नेताहरुले मधेसी र जाजातीले उठाएका माग सम्वोधन गर्ने प्रतिवद्धता जनाएका छन ।  पार्टीले हिजो सम्म लिएका नीतिमा आधारित रहेर माग सम्वोधन गर्नुपर्ने अधिकांस सदस्यको राय रहेको एक नेताले सीआइएनलाई जानकारी दिए । बैठक पार्टी मुख्यालय बल्खुमा अहिले पनि बसिरहेको छ ।  बैठकमा हिजो बोल्न बाँकी रहेका सदस्यहरु आज आफ्नो भनाई राखेपछि आधिकारिक पछिल्लो राजनीतिक परिस्थितिबारे आधिकारिक धारणा तय गर्ने एमालेले जनाएको छ । यसैबीच जनजाति नेताहरुले आजको बैठक पनि बहिष्कार गरेका छन् । तर, हिजोको बैठक बहिष्कार गरेका असन्तुष्ट नेता रामचन्द्र झा भने आजको बैठकमा उपस्थित हुनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा