२६ गतेभित्र प्रधानमन्त्रीले राजिनामा नदिए थप कडा संघर्ष गर्ने काग्रेसको उद्घोष

२० जेष्ठ २०६९, शनिबार १७:५१ मा प्रकाशित

काठमाडौ, २० जेठ । नेपाली काग्रेसले प्रधानमन्त्री डा बाबुराम भट्टराईको राजिनामा नआएको खण्डमा यही २६ गते काठमाडौंको खुल्लामञ्चमा हुने बृहत प्रदर्शनबाट थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने उद्घोष गरेको छ । काग्रेसले लोकतन्त्रवादी दलहरुले देशव्यापारी रुपपमा विरोधका कार्यक्रम सार्वजनिक गर्नुअघि नै राजिनामा दिनु प्रधानमन्त्रीको बुद्विमानी हुने स्पष्ट पारेको छ ।
काग्रेसले असम्बैधानिक कदम चालेर मुलुकलाई संबैधानिक र राजनीतिक संकटमा पुर्याउने प्रधानमन्त्री डा बाबुराम भट्टराईले राजिनामा दिएर सहमतिको वातावरण निर्माणको मार्ग प्रसस्त गर्नुको विकल्प नरहेको स्पष्ट पारेको छ ।
काग्रेसले आज पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरेर मुलुकमा संबैधानिक र राजनीतिक संकट आउनुको मुख्य जिम्मेवार माओवादी भएको आरोप लगाउँदै संविधानसभाको विघठन माओवादीको सर्वसत्ताबाद तर्फ जाने षडयन्त्र भएको दावी गर्यो ।
पत्रकार सम्मेलनमा सभापति सुशिल कोइरालाले मुलुकमा अहिले पनि सहमति सहकार्य र एकताको विकल्प नरहेको उल्लेख गर्दै काग्रेसले त्यसकोलागी धेरै लचकता अपनाउँदै आएको बताएको छ ।
कोइरालाले भने–अब माओवादीको पालो हो  । उसको ब्यवहार र लचकतामा मुलुकको निकास निर्भर गर्छ ।
माओवादीले जेठ १४ गते संविधानसभा विघठन गर्ने रणनीति अनुसार संविधानसभा विघठन गरेर निर्वाचनमा जान वार्तामा आलेटाले गरेर दलहरुलाई अल्झाएको दावी गर्दै कोइरालाले अहिले पनि राष्ट्रिय शक्तिहरुवीचको एकताको विकल्प नरहेको स्पष्ट पारे ।
संविधानसभा माओवादीको लक्ष्य नभएर देश कब्जा गर्ने रणानीति भएको आरोप सभापति कोइरालाको थियो ।
मुलुक अफगानिस्तान बन्ने खतरा रहेको भन्दै त्यसभन्दा अघि नै राजिनामा दिएर मुलुकलाई बचाउन प्रधानमन्त्रीलाई उनले आग्रह गरे ।
उनले काग्रेस संघीयत लोकतान्त्रिक गणतन्त्रको पक्षमा अडिग रहेको स्पष्ट पार्दै संघीयता पहिचानका  ५ र सामथ्र्यका ४ आधारको आधारमा हुनु पर्ने अडान स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा उपसभापति रामचन्द्र पौडेलले दलहरुको निर्णयको आधारमै सरकार र संविधानको खाँका तयार हुनु पर्ने भन्दै प्रधानमन्त्रीले तत्काल राजिनामा दिनु पर्ने बताए ।
काग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा ५ पृष्ठ लामो प्रेस विज्ञप्ति जारी गरेको थियो । जसमा संविधानसभा विघठनको दोषि माओवादी भएको, काग्रेस संघीयताको पक्षमा अडिग रहेको लगायतका विषयमा तर्कसहित प्रमाण प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।