संविधानसभा विघठनपछि राजनीतिक र संवैधानिक संकट सुरु भइसक्योः नेपाल

२० जेष्ठ २०६९, शनिबार १५:५६ मा प्रकाशित

काठमाडौ, २० जेठ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभा विघटनसँगै मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट सुरु भएको बताउनुभएको छ । राजनीतिशास्त्री सङ्घले आज यहाँ आयोजना गरेको नेपालको वर्तमान राजनीतिक सङ्कट र समाधान विषयक अन्तत्र्रिmयामा उहाँले संविधानसभा विघटनको दोष एकले अर्कालाई थोपर्ने गरिए पनि एकीकृत माओवादीको गैरजिम्मेवारीका कारण अहिलेको संवैधानिक सङ्कट आएको टिप्पणी गर्नुभयो । संविधान नबन्नुको सबैभन्दा दोषि माओवादी र उसको नेतृत्व रहेको आरोप लगाउनुभयो । उहाँले संविधानसभा भित्रका दलहरुसँग कुनै छलफल र सहमति नै नगरी एकलौटी असंवैधानिक तवरले संविधानसभा निर्वाचनको नयाँ मिति घोषणा गरिएको आरोप लगाउँदै अहिलेको अवस्थामा नयाँ राजनीतिक समझदारी गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । आफ्नो पार्टी सङ्घीयता विरोधी नभए पनि कुप्रचार गरिएको र त्यसैको हौवामा पार्टीभित्रका जनजाति नेता कार्यकर्तामा विचलन र विभाजनको अवस्था आएको भन्दै नेता नेपालले पार्टी भित्रका विचार र मतान्तरलाई बहस र छलफलबाटै समाधान खोच्न सकिने भएकाले पार्टी छोडेर नजान जनजाति नेताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले संविधानसभा विघटनपछि घोषित संविधानसभा निर्वाचनले संवैधानिक सङ्कट मात्रै नभई कानुनी जटिलता निम्त्याएको भन्दै राजनीतिक सहमतिबाटै निकास खोजिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्