सरकार विरुद्धको संघर्षलाई सफल बनाउन सभापति कोइरालाको निर्देशन

२० जेष्ठ २०६९, शनिबार १५:५४ मा प्रकाशित

काठमाडौ, २० जेठ । नेपाली काँगे्रसका सभापति सुशील कोइरालाले असंवैधानिकरुपमा संविधानसभाको विघटन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयासमा रहेको वर्तमान सरकारका विरुद्ध कडारुपमा उत्रन पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । महाराजगन्जस्थित आफ्नै निवासमा भएको औपचारिक छलफलमा उपस्थित केन्द्रीय सदस्यहरुसँग यही जेठ २६ गते राजधानीमा हुने बृहत् आमसभालाई सफल बनाउनका लागि सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । मुलुकको बदलिँदो राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सत्ता बाहिर रहेका अन्य दलहरुसँगको छलफलपछि यही जेठ २६ आयोजना गरिने आमसभामा पार्टीको संयन्त्रलाई समन्वयात्मकरुपमा अगाडि बढाउने बारेमा सभापति कोइरालाबाट आग्रह गरिएको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताउनुभयो । उहाँले माओवादीले जसरी पनि आफ्नै निर्णय लाद्न खोजेको भन्ने कुरा यही जेठ १४ को संविधानसभा विघटन र तत्कालै मङ्सिर ७ गते एकतर्फीरुपमा घोषणा गरिएको संविधानसभाको निर्वाचनबाट पुष्टि भइसकेकाले त्यस्ता चुनौतीको डटेर सामना गर्नुपर्ने छलफलको निष्कर्ष रहेको पनि जानकारी दिनुभयो । आजै कांग्रेसले पत्रकार सम्मेलन गरि संविधानसभा विघठन र भावी रणनीति बारे आफ्नो धारणा सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।