अमेरिकाले सन् २०२० सम्म नौसैनिक जहाज प्रशान्त क्षेत्रमा लैजाने

२० जेष्ठ २०६९, शनिबार १५:३८ मा प्रकाशित

काठमाडौ, २० जेठ । एसियामा नयाँ रणनीतिक ध्यान केन्द्रित गर्ने लक्ष्यको एक भागको रूपमा अमेरिकाले आफ्ना बहुसङ्ख्यक नौसैनिक जहाज सन् २०२० सम्म प्रशान्त क्षेत्रतर्फ लैजाने भएको जानकारी अमेरिकी प्रतिरक्षा मन्त्रालयका प्रमुख लेओन प्यानेटाले सिङ्गापुरमा आयोजित एक शिखर बैठकमा आज दिनुभएको विविसिले जनाएको छ ।    उहाँले प्रशान्त महासागरमा थप जहाज तैनाथ गर्ने र यहाँ सैनिक साझेदारी विस्तार गर्ने अमेरिकी निर्णय यस क्षेत्रमा भूमिका बलियो बनाउने प्रयासको रूपमा अमेरिकाको भविष्यका लागि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । अमेरिकी नौसेनामा हाल २८५ वटा जहाज रहेका छन् र यसको आधा हाल प्रशान्त क्षेत्रमा तैनाथ गरिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा