ओखलढुंगामा २६ वटा लघुजलविद्युत आयोजना सम्पन्न, ५ हजार बढि घरधुरी लाभान्वित

२० जेष्ठ २०६९, शनिबार १५:३६ मा प्रकाशित

ओखलढुंगा, २० जेठ । ओखलढुंगा जिल्लाका विभिन्न गाविसमा हाल सम्म २६ वटा लघु जलविद्युत आयोजना सम्पन्न  भएका छन । जिल्ला उर्जा तथा वाताबरण शाखा ओखलढुंगा र श्रोत ब्यवस्थापन तथा ग्रामिण सशक्तिकरण केन्द्र रिमरेकको  सहयोगमा ७५ किलोवाट सम्मका विभिन्न २६ वटा लघु जलविद्युत आयोजना निर्माण सम्पन्न भएका हुन । सम्पन्न भएका आयोजना बाट स्थानिय ५ हजार ६ सय ६२ घरधुरी लाभान्वित भएका छन् ।  जिल्ला विकास समिती, रिमरेक, गाविस तथा स्थानिय उपभोक्ताहरुको ७५ करोड बढिको आर्थिक तथा भौतिक श्रोत परिचालनमा लघुजलविद्युत आयोेजनाहरु सम्पन्न भएको रिमरेक ओखलढुंगाका फिल्ड संयोजक राजेन्द्र धमलाले जानकारी दिनुभयो । अहिले पनि जिल्लाका दर्जन बढि गाविसमा विभिन्न लघु जलविद्युत आयोजनाहरु निर्माणाधिन रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर