कुनै पनि हालतमा संविधानसभाको निर्वाचन हुन नसक्ने एमाले उपाध्यक्ष गौतमको दावी

२० जेष्ठ २०६९, शनिबार ११:४१ मा प्रकाशित

धादिङ, २० जेठ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अब संविधानसभाको चुनाव हुनै नसक्ने बताउनुभएको छ । संविधानसभाको निर्वाचन एक युगमा एक पटक मात्रै हुने भन्दै गौतमले अब राजनीतिक सहमति र गोलमेच सम्मेलन गरेर अघि बढ्नुपर्ने बताउनुभयो । प्रेस चौतारी नेपाल धादिङले आज धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गौतमले एमालेसमेत माओवादीको भुलभुलैयामा पर्दा संविधानसभाको विघटन भएको बताउनुभयो । शक्तिहरुलाई एक्ल्याएर असंवैधानिक रुपमा प्रधानमन्त्रि बाबुराम भट्टराइले मंसिर ७ गते गरेको संविधानसभाको निर्वाचन गरेपनि त्यसको कुनै तुक नभएको ठोकुवा गर्नुभयो । राजनितिक सहमतिको विकल्पका बारेका कसैले पनि सोच्न नहुने बताउदै गौतमले संविधानमा उल्लेख नभएको संविधान सभाको निर्वाचन राजनीतक दलहरुको एउटै सहमतिले मात्र हुनसक्ने बताउनुभयो ।माओवादीले सर्वसत्तावाद लाद्नको लागि  संविधानसभा विघटन गरेको भन्दै गौतमले सहमति बाहेक अर्काे कुनै विकल्प नभएको बताउनुभयो । एमालेका आदिवासी जनजाति नेताहरुले पार्टी परित्याग गर्न लागेको स्विकार्दै उहाँले जनजाति नेताहरुले पार्टी कमिटिमा आफ्नो स्पष्ट कुरा नराखेको बताउनुभयो । देशमा कस्तो संघीय प्रणाली अपनाउने भन्ने विषयमा बहस भैराखेको अवस्थामा एमाले बहुजातीय साझा पहिचानको पक्षमा रहेको उहाँको भनाई थियो । ‘हामी बहुजातीय साझा पहिचानको पक्षमा छौं, गौतमले भन्नुभयो–एकल जातीय पहिचानमा जाँदा जातीय सद्भाव भड्कीने खतरा छ ।’ माओवादीले एकल जातीय कुरा उठाएर एमालेमा संकट ल्याएको आरोप लगाउँदै गौतमले त्यो रोग विस्तारै माओवादीमा पनि सर्ने बताउनुभयो । गौतम एमले धादिङ अन्तर्गत तीन नम्वर इलाकाको आमसभामा सहभागीहुन धादिङ आउनुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल