प्रधानमन्त्रीलाई हटाउन एमाले अध्यक्षद्धारा राष्ट्रपतिलाई आग्रह

२० जेष्ठ २०६९, शनिबार १०:३८ मा प्रकाशित

काठमाडौं, २० जेठ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सहमतिको सरकार निर्माणकोलागी ठोस कदम चालन राष्ट्रपति डा रामबरण यादवलाई सुझाव दिएका छन् ।
आज राष्ट्रपतिसँग भेटेर उनले सहमतिकोलागी माआवादी र मधेसी मोर्चा बाधक रहँदै आएको भन्दै सहमतिको सरकार निर्माणकोलागी राष्ट्रपतिले नै ठोस कदम चाल्नु पर्ने सुझाव दिएका हुन ।
उनले सहमतिकोलागी मोर्चा र माओवादी तयार नभए संविधानको संरक्षकको हैसियतले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई बर्खास्त गरेर भए पनि नयाँ सहमतिको सरकार निर्माणकोलागी राष्ट्रपतिले कदम चाल्नु पर्ने समेत बताएका थिए ।
खनालले यो सरकार रहुन्जेलसम्म सहमति कायम हुनै नसक्ने ठोकुवा गर्दै सरकारविरुद्ध सडक र संबैधानिक सबै मोर्चाबाट संघर्ष गर्ने स्पष्ट पारेका थिए ।
भेटमा राष्ट्रपतिले मुलुकमा जारी संकटको निकासकोलागी सहमतिको सरकारको आवश्यकतामा जोड दिदै आफू संविधानको मातहतमा रहि सहमतिको सरकार निर्माण गरेर मुलुकलाई निकास दिन प्रयासरत रहेको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले