लडाकु कमाण्डर पासाङद्धारा विदेशमा उपचार गराउन जान अस्विकार

२० जेष्ठ २०६९, शनिबार ०८:५३ मा प्रकाशित


काठमाडौ,२० जेठ । दुबै मृगौलामा गंभिर समस्या देखिएपछि उपचार गराईरहेका एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य एवम माओवादी लडाकुको पूर्व कमाण्डर नन्द किशोर पुन पासाङले उपचारका लागि नेपाल बाहिर नजाने बताएका छन् ।
पासाङको उपचारकोलागी आज विहान एयर एम्बुलेन्सबाट भारत लैजाने तयारी भएको थियो । त्यसअघिनै उनले विज्ञप्ति निकालेर उनले आफ्नो उपचार नेपालमै होस भन्ने आफ्नो चाहना भएको बताएका थिए ।
स्वास्थ्यमा समस्या आएपछि ओम अस्पतालमा भर्ना गरिएकोमा पछिल्लो समयमा उनलाई नेपाल मेडिकल कलेज जोरपाटीमा रिफर गरि उपचार गराईरहेको छ । सो अस्पतालले पनि थप उपचारकोलागी विदेश जान सुझाव दिईरहेको भन्दै विज्ञप्तिमा पुनले विदेशमा उपचार गर्ने सुझाव आए पनि आफ्नो उपचार देश भित्रै होस् भन्ने इच्छा  भएको र  बाहिर उपचारमा जाने सोचे नभएको स्पष्ट पारेका छन् ।
उनले आङ्खनो पार्टी फुट्न लागेकोमा चिन्ता समेत व्यक्त गर्दै पार्टी फुट्न नदिन जनताले पुरा पहल लिदिन आग्रह गरेका छन् ।
उनले आफू समाज परिवर्तनमा लागेको ब्यक्ति भएकोले रोगसँग लड्ने प्रसस्त क्षमता भएको र रोग निको हुने विश्वास पनि ब्यक्त गरेका छन् ।
मुलुकको पछिल्लो राजनीतिक अवस्थाले आफूलाई साह्रै चिन्तित बनाएको भन्दै आफ्नो पार्टी फुट्न लागेकोमा चिन्ता पनि ब्यक्ति गरेका छन् । विज्ञप्तिमा उनले भनेका छन्–यथास्थितिबादी तथा प्रतिगामि नेताहरुले जनताले चाहेको संविधान लेख्नमा सहमति नगरी देश र जनताकालागी ठूलो धोका दिएका छन् । फेरि पनि प्रतिगामि पार्टी र शक्तिहरुले देशलाई डुबन नदिन पहल लिनै पर्छ । अर्को तर्फ हाम्रो पार्टी भित्रका संकृर्ण, जडसुत्रबादी अराजकहरुले विचार संघर्षको नाममा पार्टी फुटाउन खोजेको आभाष भएको छ । उसमा जनताले पुरै पहल लिएर पार्टी फुट्न दिनु हुँदैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ