गिरीद्वयको स्वास्थ्य अवस्था सुधारोन्मुख

२० जेष्ठ २०६९, शनिबार ०८:४८ मा प्रकाशित

काठमाडौ, २० जेठ । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या गर्ने अज्ञात् समूहको गोली प्रहारबाट गम्भीर घाइते भई नर्भिक अस्पतालमा उपचार गराइरहेका कानुन व्यवसायी राम गिरी र स्व बमका अङ्गरक्षक महेश गिरीको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । राम गिरीलाई भेन्टिलेटरबाट क्याबिनमा सारेर उपचार भइरहेको अस्पतालका प्रचार प्रबन्धक आरपी मैनालीले बताउनुभयो । घाइते दुवै जना होसमा रहेको भए पनि खतरामुक्त नरहेको मैनालीको भनाइ छ । ललितपुरको शङ्खमुल नजिक भएको आक्रमणमा राम गिरीलाई पेटमा र अङ्गरक्षक गिरीलाई घाँटीमा गोली लागेको थियो । उहाँहरूलाई लागेको गोली शल्यक्रिया गरी निकालिएको थियो । अज्ञात् समूहबाट भएको आक्रमणमा गोली लागेर न्यायाधीश बमको निधन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव