एमाले पोलिटब्यूरो आज पनि बस्दै

२० जेष्ठ २०६९, शनिबार ०८:४६ मा प्रकाशित

काठमाडौ, २० जेठ । नेकपा एमाले पोलिटब्यूरो बैठक आज पनि बस्दै छ । पार्टीभित्रको देखिएको विभिन्न विवाद र समसामयिक राजनीतिक परिस्थितिबारे धारणा तयार पार्न पोलिटब्यूरो बैठक हिजोदेखि सुरु भएको हो । बैठकमा सदस्यहरूले आप्mनो धारणा राख्ने क्रम बाँकी रहेकोले आज पनि जारी रहने एमालेले जनाएको छ । बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय बल्खुमा बस्ने छ । यसैबीच पहिचानको मुद्दामा पार्टीले गम्भीरता नदेखाएको भन्दै आदिवासी जनजाति तथा मधेसी पृष्ठभूमिका नेताहरू भने पोलिटब्युरो बैठकमा सहभागी भएनन् । पोलिटब्युरोको बैठकमा उपाध्यक्ष अशोक राई, पोलिटब्युरो सदस्यहरू पृथ्वी सुब्बा गुरुङ, रामचन्द्र झा तथा विजय सुब्बालगायतका नेताहरू अनुपस्थित रहनुभएको छ । जातीय पहिचानका आधारमा सङ्घीयतामा जान आफ्नो पार्टी तयार नभएकोले संविधानसभा नै भङ्ग हुनपुगेको उनीहरूको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ