न्याधीशको हत्या अनिष्टको सङ्केत ः गृहसचिव

१९ जेष्ठ २०६९, शुक्रबार २२:०२ मा प्रकाशित

 

सर्वोच्च अदालतका न्यायधीश रणबहादुर बमको हत्या समाजमा भय र आतङ्क फैलाउनका लागि गरिएको हुनसक्ने गृहसचिव सुशीलशमसेर राणाले बताउनुभएको छ । विगत केही महिनायता सर्वोच्च अदालतमा कुनै मुद्दा नहेरेका बमको हत्या हुनुका निश्चित कारण अनुमान गर्न नसकिए पनि घटनाको प्रकृति हेर्दा कुनै तत्वबाट साङ्केतिक रुपमा हत्या गराइएको सम्भावनातर्फ नै आफूहरुको ध्यान खिचिएको उहाँले बताउनु भयो । यसबाट निकट भविष्यमै मुलुकमा अन्य ठुल्ठुला घटनाको सुत्रपात हुनसक्ने विगतका अनुभवले दर्शाएको उहांको सङ्केत थियो ।

अपराधी पक्रिनका लागि उच्चस्तरीय टोली गठन गर्नुका साथै अन्य कोणबाट पनि अनुसन्धान भइरहेको जानकारी दिँदै गृहसचिवले भन्नुभयो– समयसीमा निर्धारण गर्न कठिन भए पनि अपराधी चांडै पक्राउ पर्नेमा म विश्वस्त छु । घटनास्थल र हत्याको प्रकृतिले नै हामीलाई चांडै हत्याराको नजिक पुग्न सघाउने छ ।

जेठ १४ का कारण सुरक्षा व्यवस्था हाई अलर्टमै रहेपनि यस्तो प्रकारको घटना घट्ने अनुमान सुरक्षा निकायले नगरेको स्वीकार गर्दै सचिव राणाले सुरक्षा निकायले दण्डहीनतालाई पश्रय दिने किसिमले काम गरेकोले अपराध मौलाएको भन्ने आरोपको खण्डन गर्नुभयो । तर, कतिपय अवस्थामा राजनीतिक नेतृत्वबाट अपराधी छुटाउन प्रत्यक्ष वा परोक्ष रुपमा दबाव आउने र त्यसले सुरक्षा निकायलाई अप्ठेरोमा पार्ने गरेको उहांको स्वीकारोक्ति थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा