एमालेका पूर्व सभासद्लाई गाँउ जान निर्देशन

१९ जेष्ठ २०६९, शुक्रबार १७:४८ मा प्रकाशित

काठमाडौ, १९ जेठ । नेकपा एमालेले आफ्ना संविधानसभाका पूर्व सभासद्हरुलाई संविधानसभा विघटन र त्यसपछिको घटनाक्रमबारे अवगत गराएको छ । पार्टीको मुख्यालय बल्खुमा आज आयोजित छलफल कार्यक्रममा एमालेका नेताहरुले पूर्व सभासद्हरुलाई संविधानसभा विघटन हुनुमा एनेकपा माओवादी मुख्य दोषी भएको जानकारी गराएका छन् । पार्टी अध्यक्ष झलनाथ खनाललगायत शीर्ष नेताले सभासद्हरुलाई एमालेले सङ्कटकाल लगाएर बचाउने प्रयास गरे पनि एमाओवादीले एकाएक नयाँ निर्वाचनको घोषणा गरेको बताउनुभयो । छलफलपछि एमालेका सचिव तथा संसदीय विभागका प्रमुख शङ्कर पोखरेलले पूर्व सभासद्हरुलाई पार्टीको नीति लिएर गाउँगाउँमा जान आग्रह गर्नुभयो । छलफलमा जनजाति पृष्ठभूमिका कतिपय पूर्व सभासद्को भने उपस्थिति थिएन ।  यससम्बन्धी प्रश्न गर्दा सचिव पोखरेलले प्राविधिक कारणले केही साथीहरु आउन नसके पत्रकारहरुलाई बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ