
काठमाडौ, १९ जेठ । राष्ट्रपति डा रामवरण यादवले न्यायाधीश रणबहादुर बममाथि हिजो दिउँसो भएको गोली प्रहारको घटनाप्रति निन्दा गर्नुभएको छ । राष्ट्रपति डा यादवले आज प्रधानन्यायाधीश खिलराज रेग्मीलाई टेलिफोन गरी न्यायाधीश बममाथि भएको घटनाले आफूलाई चिन्तित तुल्याएको बताउनुभएको सर्वोच्च अदालतका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिनुभयो । सहप्रवक्ता रावलका अनुसार टेलिफोन वार्ताका क्रममा राष्ट्रपति डा यादवले स्व बमको निधनप्रति गहिरो समवेदना र हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको थियो । सर्वोच्च अदालतले न्यायाधीश बमको हत्या भएकोमा आइतबार मुलुकभरका न्यायालय बन्द गरी शोक मनाउने भएको पनि सहप्रवक्ता रावलले जानकारी दिनुभयो ।
यसैबीच स्वर्गीय बमको आज राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को
नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा भुकम्पको धक्का महसुस
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा
काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न