माओवादी औपचारिक रुपमै फुटको संघारमा, अलग अलग भेला आब्हान

१९ जेष्ठ २०६९, शुक्रबार १५:०८ मा प्रकाशित


काठमाडौ, १९ जेठ । औपचारिक रुपमा विभाजित नभए पनि लामो समयदेखि पार्टीभित्रै रहेर अलग्गै गतिविधी गर्दै आएको एकीकृत नेकपा माओवादीको संस्थापन पक्ष र बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरण पक्षधरहरुले अलग अलग भेलाहरु बोलाएका छबन्ब ।  करिव–करिव फुट नजिक पुगिसकेको माओवादीभित्रको पछिल्लो निर्णयले पार्टी औपचारिक रुपमा फुटनको नजिक पुगेको विष्लेसण गर्न थालिएको छ ।
मोहन बैद्य पक्षधरले आगामि असार १ गते राष्ट्रिय भेला बोलाउने निर्णय गरे लगत्तै संस्थापन पक्षले पनि आगामि असार १५ देखि १७ गतेसम्मकोलागी केन्द्रीय समितिको विस्तारित भेला बोलाएको छ ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको संस्थापन पक्षको बैठकले वैद्य समूहसँग एकताका लागि पहल गर्ने निर्णय पनि गरेको छ ।  बैठकले राष्ट्रीय सहमतिको सरकार गठनकोलागी आन्दोलनरत एमाले र काग्रेसको गठबन्धनसँग पछि छलफल गर्ने निर्णय गरेको छ ।

यता बैद्य पक्षले भने  संविधानसभाको निर्वाचनको औचित्य नभएको भन्दै सर्वपक्षीय गोलमेच सभाको आयोजना गरेर अन्तरिम संयूक्त राष्ट्रिय सरकारको गठन र नयाँ संविधानको निर्माण गर्नु पर्ने स्पष्ट पारेको छ ।
बैद्यसमूहले आज पत्रकार सम्मेलनको आयोजना गरेर संविधानसभाबाट  संविधान निर्माण हुन नसक्नुको कारण शिर्ष नेताहरुको असक्षमता, बैदेशिक हस्तक्षेप र सत्ता लिप्सा भएको ठहर गर्दै  संविधानसभाको विघठन हुनुको प्रमुख दोषि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र  प्रधानमन्त्री बाबुराम भट्टराई रहेको समेत स्पष्ट पारेको हो ।
संविधान निर्माणकोलागी असक्षम भईसकेको सरकारले फेरि संविधानसभाको नौटंकी गर्नु हास्यास्पद भएको स्पष्ट पार्दै बैद्य समूहले संविधानसभाले राजनीतिक निकास नदिने ठोकुवा गरेको छ ।
पत्रकार सम्मेलनमा महासचिव रामबहादुर थापा बादलले अध्यक्ष सहितको नेतृत्वको एउटा हिस्सा बर्गिय तथा राष्ट्रिय आत्मसर्मपणबाद र दक्षिणपन्थी विसर्जनबादको दिशामा प्रवल रुपमा फस्दै गइरहेको दावी गर्दै क्रान्तिकारी कार्यदिशाका आधारमा पार्टीलाई रुपान्तरण सहित उएकताबद्ध तुल्याउनु पर्ने आवश्यकता महसुस भएको बताए ।
त्यसकोलागी बैद्य पक्षले आगामि असार १ का लागी राष्ट्रिय भेलाको समेत आयोजना गरेको छ । जसमा राज्य समिति स्तरका नेता तथा कार्यकर्ताहरु सहभागि हुने छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको