सुरक्षा ब्यवस्था कडा बनाउन प्रधानमन्त्रीको निर्देशन

१९ जेष्ठ २०६९, शुक्रबार १५:०५ मा प्रकाशित

काठमाडौ, १९ जेठ । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको दिउँसै राजधानीमा गोली हानेर हत्या गरिएपछि राजधानीलगायत देशभरिको सुरक्षास्थितिबारे राष्ट्रिय सुरक्षा समितिको बैठकमा छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको समितिको बैठकमा विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्था के कसरी मिलाउने भन्ने विषयमा छलफल भएको छ । बैठकमा शान्तिसुरक्षाको समग्र अवस्थाका बारेमा प्रधानमन्त्री डा बाबुराम भट्टराईले सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी माग्नुभएको थियो । राजधानीजस्तो सुरक्षा सक्रियता रहेको स्थानमा नै न्यायाधीशजस्तो व्यक्ति असुरक्षित भएको भन्दै सबैतिरबाट चर्को आलोचना भएपछि प्रधानमन्त्री डा भट्टराईले हिजो नर्भिक अस्पताल परिसरमा नै सुरक्षा समितिको बैठक बोलाएर समग्र सुरक्षा स्थितिबारे मूल्याङ्कन गर्ने बताउनुभएको थियो । प्रधानमन्त्रीले आजको बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरुसँग किन सुरक्षा कमजोरी भयो भन्दै जिज्ञासा राख्नुभएको बुझिएको छ । प्रधानमन्त्रीले बैठकमा तत्काल सुरक्षा व्यवस्थामा सुधार गर्न, सुरक्षा रणनीति बदल्नुपरे पनि बदल्न र जनतालाई सुरक्षाको भरपर्दो रुपमा महसुुस हुने गरी काम गर्न निर्देशन दिनुभएको थियो । बैठकपछि यस विषयमा कोही कसैले बोल्न नचाहेकाले के निर्णय भयो भन्ने बारेमा कुनै औपचारिक जानकारी भने प्राप्त गर्न सकिएको छैन । बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ