नेपाल अल्पविकसित देशहरुको संयोजकमा चयन

१९ जेष्ठ २०६९, शुक्रबार १४:५८ मा प्रकाशित

काठमाडौ, १९ जेठ । नेपाल जलवायु परिवर्तनसम्बन्धी महासन्धिका लागि अल्पविकसित देशहरुको समूहको संयोजकमा चयन भएको छ । यसअघि सो समूहको संयोजक गाम्बिया रहेको थियो । एसियाबाट सो समूहको संयोजन गर्न नेपालले पाएको यो पहिलो अवसर हो । यसअघि यस क्षेत्रबाट बङ्गलादेशले मात्र संयोजन गर्ने मौका पाएको वातावरण मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले आज राजधानीमा भएको कार्यक्रममा जानकारी दिनुभयो । नेपाल वातावरण पत्रकार समूहले गरेको कार्यक्रममा सचिव ज्ञवालीले नेपालले सन् २०१३ र २०१४ का लागि जलवायु परिवर्तनसम्बन्धी महासन्धिअन्तर्गत अतिकम विकसित मुलुकको प्रतिनिधित्व एवम् वार्ताका लागि गठित समूहको संयोजन गर्ने बताउनुभयो । जर्मनीको बोनमा यही जेठ ११ गते समूहको बैठकले नेपाललाई संयोजन गर्ने जिम्मेवारी तोकेको थियो । बङ्गलादेशले उम्मेदवारी फिर्ता लिएपछि नेपाल सर्वसम्मतरुपमा समूहको संयोजकमा चयन भएको हो । अहिले यो समूहमा ४८ देश रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड