प्रधानमन्त्रीको राजिनामा माग्दै काग्रेस एमाले गठबन्धनद्धारा आन्दोलनको घोषणा

१९ जेष्ठ २०६९, शुक्रबार ११:१० मा प्रकाशित

काठमाडौ, १९ जेठ । नेपाली काग्रेस र नेकपा एमाले सहितका १६ साना दलका गठबन्धनले प्रधानमन्त्री डा बाबुराम भट्टराईको राजिनामाकालागी दवाव दिन आन्दोलन घोषणा गरेका छन् ।
एमाले मुख्यालय बल्खुमा बसेको गठबन्धन दलको बैठकले आगामि जेठ २६ गते देश ब्यापी जनप्रर्दशन गर्ने सहितका आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन ।
बैठकले सरकार र संविधानसभाको विघठनका विषयमा देशब्यापी रुपमा जनतावीच जादै भण्डाफोर कार्यक्रम घोषणा गरेको छ ।
बैठकले राजनीतिका सबै मोर्चाबाट सरकारका विरुद्ध आन्दोलन कार्यक्रमलाई अगाडि बढाउने निर्णय पनि गरेको छ ।
बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री डा बाबुराम भट्टराईले राजिनामा दिएर बालुवाटार नछाडेसम्म १६ दलले कुनै सम्झौता नगर्ने स्प्ष्ट पार्दै प्रधानमन्त्रीले राजिनामा नदिए मुलुकमा भयङकर द्धन्द्ध हुने चेतावनी दिए । उनले त्यस्तो द्धन्द्धको सम्पूर्ण जिम्मेवारी माओवादी र प्रधानमन्त्रीले लिनु पर्ने दावी पनि गरे ।
खनालले संसद, संविधानसभाको विघठन गरेको र सरकारलाई कामचलाउ बनाएको भन्दै त्यसको दोष स्विकार्दै पदत्याग गर्नु पर्ने धारणा राखे ।
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले प्रधानमन्त्रीले निर्वाचन घोषणा गर्दा प्रमुख प्रतिपक्षीको सल्लाहनै नलिएको भन्दै निर्वाचन घोषण अबैद्य भएको दावी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न