आज राष्ट्रिय दूध दिवस

१९ जेष्ठ २०६९, शुक्रबार ०९:३७ मा प्रकाशित

काठमाडौ, १९ जेठ । आज दोस्रो राष्ट्रिय दूध दिवस, दूधसँग सम्वन्धित विभिन्न  निकायले आज चेतनामुलक कार्यक्रमको आयोजना गरी दिवस मनाउन थालेका छन् । “स्वस्च्छ स्वस्थ्य एवम् गुणस्तरीय दूध तथा दुग्ध पदार्थको उपलब्धता, पोषण सुरक्षामा सुनिश्चितता” भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्र संघको  खाद्य तथा कृषि सङ्गठनले सन् २००१ जुन १ बाट यो दिवस मनाउन सुरु गरेको हो ।  नेपालले भने गएको वर्षदेखि मात्रै दूध दिवस मनाउन थालेको हो ।  दूधमा सबैको ध्यान केन्द्रित गर्न र दूधसम्वन्धि जनचेतना फैलाउन दिवसले सहयोग गर्ने दूधसम्वद्ध निकायहरुले बताएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार नेपालमा हरेका वर्ष १० लाख लिटर दूधको माग भएपनि ७ लाख १० हजार लिटर मात्रै आपूर्ति भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको