माओवादीको संस्थापनपक्ष र बैद्य पक्षको अलग अलग केन्द्रीय समितिको बैठक पनि

१९ जेष्ठ २०६९, शुक्रबार ०९:३४ मा प्रकाशित

काठमाडौ, १९ जेठ । हिजो बस्ने नकसको एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको  आज बस्दैछ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बिहान ११ बजेपछि माओवादीको केन्द्रीय समितिको बैठक बस्ने छ । हिजोको लागि बोलाइएको बैठक केही समय मात्र बसेर नेताहरुको व्यस्तता र बैठकको पूर्व तयारीको लागिभन्दै आजको लागि सारिएको थियो । पार्टी प्रवक्ता दीनानाथ शर्माले नेताहरूको कार्य व्यस्तताका कारण हिजोको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको जानकारी दिए । पार्टीभित्रको विवाद, संविधानसभाको विघटन, आगामी रणनीतिको बारेमा बैठकमा छलफल हुने बताइएको छ ।
यसैवीच माओवादी बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहका केन्द्रीय सदस्यहरुको बैठक आज पनि बस्दैछ । हिजोदेखि ललितपुरको कुपन्डोलमा जारी बैठकमा पार्टी विवाद, संविधानसभाको विघटनको समीक्षा र आफ्नो बिचार समूहको भावी योजनाको बारेमा कुराकानी भइरहेको पोलिटव्यूरो सदस्य हरिभक्त कँडेलले जानकारी दिऐ । बैद्य समूहले आज पत्रकार सम्मेलन गरेर आफूहरुको निर्णय सार्वजनिक गर्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई