न्यायाधीश बमको हत्याको छानविन सुरु, शब श्रद्धान्जलीकोलागी सर्वोच्च परिसरमा

१९ जेष्ठ २०६९, शुक्रबार ०९:३२ मा प्रकाशित

काठमाडौ, १९ जेठ । अपरिचित ब्यक्तिहरुले गोली हानी हत्या गरेका सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको पार्थिव शरीरलाई श्रद्धाञ्जलिको लागि सर्वोच्च अदालतको प्राङ्गणमा राखिएको छ ।  बिहान साढे ८ देखि ११ बजेसम्मकालागी न्यायाधीश बमको शव श्रद्वाञ्जलिको लागि सर्वोच्च अदालत परिसरमा राखिएको छ । न्यायाधीश बमलाई श्राद्वाञ्जलि दिनको  लागि सर्वोच्च अदालतका प्रधान न्यायाधीश, न्यायाधीश, कानून व्यवसायी, बिभिन्न सङ्घ, सङ्गठनका पदाधिकारी तथा शुभचिन्तहरुको भीड लागेको छ । सर्वोच्च अदालतको हिजो बसेको पूर्ण बैठकले स्वर्गीय बमप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै आज उहाँको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ आर्यघाटमा दाहसंस्कार गरिने निर्णय गरेको थियो । स्वर्गीय न्यायाधीश बमको आजै दाह संस्कार गरिने बताइएको छ । राजधानीको शङ्खमुल नजिक अज्ञात ब्यक्तिले हानेको गोली लागेर घाइते हुनु भएका बमको उपचारकाक्रममा हिजो मृत्यु भएको थियो ।

यसैबीच सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार गरी हत्या गरेको घटनाका सम्बन्धमा अनुसन्धान गर्न गठित छानबिन समितिले काम सुरु गरेको जनाएको छ । समितिले घटनाको बारेमा अनुसन्धानलाई तीब्रता दिएको बताए पनि अहिलेसम्म कुनै उपलब्धी हासिल गर्न सकेको छैन । प्रहरी प्रधान कार्यालयले हिजो महानगरी प्रहरी आयुक्त कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । ललितपुर उपमहानगरपालिका शङ्खमूलमा न्यायाधीश बम, उहाँको अङ्गरक्षक प्रहरी सहायक निरीक्षक महेश गिरी र गाडीमा सँगै रहेका राम गिरी समेतलाई नम्बर नखुलेको पल्सर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरी घाइते बनाएकोमा न्यायाधीश बमको उपचारका क्रममा मृत्यु भएको थियो भने अन्य घाइतेको उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।