प्रधानमन्त्रीको सहमतिको सरकारको प्रस्ताव काग्रेस सभापतिद्धारा अस्विकार

१९ जेष्ठ २०६९, शुक्रबार ०९:२९ मा प्रकाशित

काठमाडौ, १९ जेठ । राष्ट्रिय सहमतिको सरकार गठनको बारेको छलफललाई तीब्रता दिनु भएका प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालासँग भेटवार्ता गरेका छन् । कोइराला निवास महाराजगन्जमा भएको भेटमा राष्ट्रिय सहमतिको सरकार गठन र संविधानसभाको नयाँ निर्वाचनको बारेमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले काग्रेस सभापति सुशिल कोइरालालाई आफू नेतृत्वको सरकारमा आएर राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्न आग्रह गरेका थिए । सभापति कोइरालाले भने आफुहरुले सरकारलाई असम्बैधानिक ठहर गरिसकेकोले यो सरकारमा भन्दा पनि सहमतिमा अर्को सरकार गठन गर्नु पर्ने बताएका थिए ।
कोइरालाले राष्ट्रिय सहमतिको सरकार गठनमा आफ्नो पार्टीले सघाउने तर एकलौटी रुपमा संविधानसभाको नयाँ चुनावको मिति घोषणा गरेर सहमतिको वातावरण बिगारेको गुनासो गर्दै सहमतिको लागि सबै दलहरुको बीचमा छलफल गर्न सुझाव दिएका थिए । सरकार बाहिर रहेका दलहरुले सरकारले गरेको संविधानसभाको निर्वाचनको घोषणा अवैधानिक भएकोभन्दै आलोचना र मोर्चाबन्दी गर्न थालेपछि प्रधानमन्त्रीले दलहरुसँगको छलफललाई तीब्रता दिएका हुन । प्रधानमन्त्री भट्टराईले हिजो साँझ सरकार गठनको बारेमा एमाले अध्यक्ष झलनाथ खनालसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार