हावाहुरीपछि घर भत्कदा बाजुरामा ४ जनाको मृत्यु

१९ जेष्ठ २०६९, शुक्रबार ०९:२७ मा प्रकाशित

बाजुरा, १९ जेठ । अत्याधिक हावाहुरीका कारण घर भत्कदा बाजुरा जिल्लाको बाँधु ९ पीपलडालीमा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गएराति परेको बर्षासँगै चलेको हावाहुरीका कारण घर भत्कदा च्यापीएर बाँधु ९ पीपलडाली घर भएका ६० बर्षिया सुकिली सार्की, १४ बर्षिया करिश्मा सार्की, १२ बर्षिया लोकराज कार्की र ३ बर्षिया दिपेन्द्र लवार रहेकाको मृत्यु भएको हो । त्यसैगरी  ३६ बर्षिया रेउकला कार्की, ८ बर्षिया झरना कार्की, २ बर्षिया धर्मा कार्की र ८४ बर्षिया रंग कार्की गम्भीर घाइते हुनु भएको छ । घाइतेको अहिले कोल्टीमा रहेको नविन मेडिकल हलमा उपचार भइरहेको छ । प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीलाई पनि हुरीले उडाएर भवन र सम्पूर्ण औषधि उडाएर क्षति पु¥याएपछि उपचारमा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । स्वास्थ्य केन्द्र नै हुरीले उडाएपछि उपचारमा निकै समस्या भएको छ । अविरल बर्षासँगै चलेको हावाहुरीका कारण बाँधु ९ पीपलडालीको गाउँ नै उडाएर क्षति पु¥याएको विमान स्थल सुरक्षा गार्ड कोल्टीले जनाएको छ । हुरी रातभरी एकोहोर चलेपछि क्षति भएको स्थानीयले बताएका छन् । प्रहरी सहित स्वास्थ्यकर्मीको टोली बाधु जाने तयारीमा रहेको छ । रातभरी चलेको अत्याधिक हुरीका कारण जिल्लाका विभिन्न गाविसका गाउँ बस्तीमा पनि लाखौको भौतिक संरचनामा क्षति पुगे पनि एकिन विवरण आउन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा