विश्व हिन्दु महासंघ युकेको अध्यक्षमा ढकाल

१८ जेष्ठ २०६९, बिहीबार १९:५३ मा प्रकाशित

चिरन शर्मा, लण्डन, १८ जेठ । विश्व हिन्दु महासंघ युके शाखाको आइतवार लण्डनमा सम्पन्न साधारणसभाले वरिष्ठ समावसेवी चिरञ्जीवी ढकाल अध्यक्षमा निर्विरोध चयन गरेको छ । निर्विरोध हुने अन्यमा वरिष्ठ उपाध्यक्ष महन्तबहादुर श्रेष्ठ, उपाध्यक्ष गोपाल मानन्धर, गोविन्द नेपाल, महासचिव, बालमुकुन्द जोशी, उपमहासचिव, सुर्दशन नापित, सचिव, डा बिनोदबाबु ढुंगाना, शिव सैज्यु, कोषाध्यक्ष, राजन देव पाण्डे, सहकोषाध्यक्ष, राजन कोटेजा, सदस्यहरुमा, बिमला श्रेष्ठ, आनन्दराज आचार्य, मान टण्डन, आचार्य दुर्गा प्रसाद पोख्रेल, बिमला थापा, मोहनदेव मानन्धर, सविता मानन्धर, सूर्यप्रसाद उपाध्यक्ष छन् ।
यसैगरी सभाले संस्थाको संरक्षकमा बेलायतका लागि नेपाली राजदुत डा. सुरेशचन्द्र चालिसेलाई चयन गरेको छ भने ध्रुव केसी र विजय थापालाई सल्लाहाकारमा चयन गरिएको नवनिर्वाचित महासचिव बालमुकुन्द जोशीद्वारा प्रकाशित विज्ञप्तिमा जनाएको छ । नवनिर्वाचित अध्यक्ष ढकाल बेलायतमा बिगत २४ बर्षदेखि पुरोहितको रुपमा काम गर्दै आएका छन् ।

यसअघि उनले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदको केन्दि्रय सहसचिव, यति नेपाली एसोसियसन युकेको दुई कार्यकाल अध्यक्षसमेत भएर काम गरिसकेका छन् । नेपाली समुदायमा आवश्यक परेका बेला उपस्थित हुने ढकाल बेलायतका लोकपि्रय समाजसेवी हुन् ।

ढकालको धार्मिकशास्त्र लगाएत सामाजिक क्षेत्रमा ठूलो योगदान रहेको छ । यसअघि ढकाल गतवर्ष विश्वहिन्दु मन्दिर साउथलको बोर्ड अफ ट्रष्टीको सचिवमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न