चट्याङ लागेर खोटाङमा तीन जनाको मृत्यू

१८ जेष्ठ २०६९, बिहीबार १८:२६ मा प्रकाशित

खोटाङ, १८ जेठ । छुट्टाछुट्टै ठाउँमा परेको चट्याङ लागेर खोटाङमा तीन जनाको ज्यान गएको छ । पाँच जना घाईते भएका छन् । भारी वर्षासँगै गए राती परेको चट्याङ लागेर लामीडाँडा–४ का २२ बालकुमार श्रेष्ठ, खार्पा–२ का ५६ वर्षीया रामबहादुर राई र नुनथला–४ का लक्ष्मी राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक वसन्तकुमार थापाले बताउनु भयो । चट्याङ लागेर लामीडाँडा–४ का नीरकुमारी श्रेष्ठ, खार्पा–२ का रिता राई, दिक्तेल–६ का कमला थापा, बाम्रा–६ का रिता बस्नेत र उनकी दिदी घाईते भएकी छन् । घाईते कमला थापाको जिल्ला अस्पतालमा र अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । यसैबीच हिजो साँझ अचानक पानीसँगै चलेको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा लाखौंको क्षति पु¥याएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१

चितवन । चितवनकाे भरतपुर महानगर पालिका ५ कैलाश नगरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालककोमृत्यु भएको छ । आज