१८ जेष्ठ २०६९, बिहीबार १८:२५ मा प्रकाशित

सुनकोशीमा बस खस्दा मृत्यु हुनेको संख्या ५ पुग्यो
काठमाडौ, १८ जेठ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको फुल्पिङडाँडा गाविसको वडा नम्बर –५ स्थित कोठे नजिकैबाट यात्रुबाहक बस आज सुनकोशी नदीमा खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ । बिहान ७ बजे काठमाण्डूबाट सिन्धुपाल्चोकको मानेश्वरा गाविसका लागि छुटेको बा २ ख ३३४७ नम्बरको बस साढे दश बजेतिर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । मृत्यु हुने मध्ये ३ जनाको घटना स्थलमै र २ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको इलाका प्रहरीका कार्यालय बाह्रबिसेले जनाएको छ । दुर्घटनामा परी २७ जना घाइते भएको प्रहरी निरीक्षक सुजनराज भण्डारीले जानकारी दिनुभयो । सामान्य घाइतेहरुको सिन्धुसदावहार अस्पताल खाडीचौरमा उपचार भएपनि गम्भीर ५ जनालाई भने थप उचारका लागि काठमाण्डु रिफर गरिएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । मृत्यु भएका मध्ये सिन्धुपाल्चोक जिल्लाको फुल्पीङडाँडा गाविस वडा नम्बर–५ का ३२ बर्षिया टिका नेपाल र सोहि वडाका ४ वर्षिय बालक सञ्जिव भण्डारीको मात्र सनाखत भएको प्रहरीहरुले जनाएको छ । मृतक सबैको शव पोष्टमार्टमका लागि बाह्रबिसे अस्पातल पु¥याइएको छ । घटनाको कारण भने अझै खुल्न नसकेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार