संविधानसभा भंगहुनुको प्रमुख कारण माओवादीः एमाले

१८ जेष्ठ २०६९, बिहीबार १८:१८ मा प्रकाशित

काठमाडौ, १८ जेठ । नेकपा  एमालेले अनेकौं विकल्प र समय रहँदा रहँदै माओवादीको गलत मनसाय र कदमका कारण संविधानसभा विघटन भएको आरोप लगाएको छ । एमालेले आज पत्रकारसम्मेलन गरेर माओवादीको द्वैध चरित्र र सर्वसत्तावादी सोचकै कारण संविधानसभा समाप्त भएको स्पष्ट भएको दाबी गरेको हो । संविधानसभालाई असफल हुन नदिन आफ्नो पार्टीले सकेसम्मको कोसिस गरेको पनि एमालेले माओवादीले गरेका सहमतिहरु कार्यान्वयन नगरी तत्याउँदै अगाडि बढेकोले दुई वर्षको संविधानसभाले चार बर्षमा पनि संविधान बनाउन नसकेको आरोप लगाएको छ ।
पत्रकार सम्मेलनमार्फत जारी राखिएको विज्ञप्तिमा उल्लेख छ । प्रदेशको नामाकंन बहुपहिचान वा साझा पहिचानमा आधारित हुनुपर्छ भन्ने प्रस्ताव राखेकै आधारमा पार्टीलाई संघीयता विरोधी र संविधानसभाको विरोधीको रुपमा लगाइएको आरोपको एमालेले भत्र्सना गरेको छ । उसले माओवादीलाई भाषिक, सास्कृतिक, धार्मिक पहिचानलाई नष्ट गर्ने गरी एकल पहिचान कायम गरेर मुलुकमा विद्धेषको राजनीति हावि गराउन माओवादी उद्यत रहेको समेत ठोकुवा गरे ।
एमालेले अहिलेकै अवस्थामा निर्वाचन हुन नसक्ने भन्दै ६०१ सभासदको संख्या  अब मुलुकले थेग्न नसक्ने भन्दै राष्ट्रिय सहमतिको आधारमा संविधानसंसोधन गरेर मात्र निर्वाचन गर्नु पर्ने धारणा राखेको छ ।
आफूहरुले संकटकाल, रुपान्तरित संसद लगायतका विकल्प दिदाँ दिदै माओवादीले संसद विघठन गराएको आरोप लगाउँदै माओवादी सर्वसत्ताबाद तर्फ उन्मुख भएको समेत स्पष्ट पारेको छ ।  पत्रकार सम्मेलन एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमति तयार नगरी चुनाव पनि संभव नभएको र मुलुकको अरु राजनीतिक संकट पनि समाधान नहुने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ