बैद्य पक्षद्धारा राष्ट्रिय भेला आब्हान, संस्थापनपक्षको बैठक स्थगित

१८ जेष्ठ २०६९, बिहीबार १८:१५ मा प्रकाशित

काठमाडौ, १८ जेठ । लामो समयदेखि समानान्तर रुपमा पार्टी सञ्चालन गर्दै आएको एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरण समूहले राष्ट्रिय भेलाको आब्हान गरेको छ ।
आज पार्टीको नेवा राज्य समितिको कार्यालयमा बसेको बैठकले आगामि जेठ २५ गते राष्ट्रिय भेला आब्हान गर्ने निर्णय गरेको हो ।

वैद्य समूहले मुल नेतृत्वका कारण शान्ति र संविधानको कार्यदिशा असफल भएकाले पार्टी एकता सम्भव नरहेको स्पष्ट पारेको छ ।

‘शान्ति संविधानका कार्यनीति सफल हुन सकेन, मुल नेतृत्वको कारण असफल भएको हो,’ कुपन्डोलमा बिहीबार बसेको वैद्यपक्षीय केन्द्रीय समिति बैठकपछि पोलिट्ब्युरो सदस्य पम्फा भूसालले भनिन् । उनले अध्यक्ष पुष्पकमल दाहालले जनतासामू माफी माग्नुपर्ने बताइन् ।
यसैवीच एकीकृत नेकपा माओवादी संस्थापनपक्षको केन्द्रीय समितिको बैठक केहीबेर बसेर स्थगित भएको छ । संविधानसभा विघटन भएपछिको अवस्था, भावी निर्वाचनका साथै पार्टीभित्रको अन्तरद्वन्द्ध लगायतका विषयमा छलफल हुने भनिएको थियो । तर बैठक केहीबेर मात्र बसेर स्थगित भएको माओवादीले जनाएको छ । अर्को बैठक भोलि बस्ने जनाइएको छ । यस्तै माओवादीको असन्तुष्ट वैद्य पक्षका केन्द्रीय सदस्यहरूले पनि आज छुट्टै छलफल गरेका छन् । वैद्य पक्षका केन्द्रीय सदस्यहरुको बैठक आज कुपन्डोलमा बसेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको चुनाव गर्ने भएको छ । विहीबार

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।