अदालतको मानहानीमा प्रधानमन्त्रीले आफै उपस्थित भएर बुझाए लिखित जवाफ

१८ जेष्ठ २०६९, बिहीबार १८:०३ मा प्रकाशित

काठमाडौ, १८ जेठ । अदालतको अपहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्रीसँग लिखित जवाफ माग गरेको बारेमा प्रधानमन्त्री डा बाबुराम भट्टराइले आज आफैं उपस्थित भएकार लिखित जवाफ दिनुभएको छ । आज सर्वोच्च पुगेर उहाँले अदालतको मानहानी गर्ने आफ्नो कुनै नियत नरहेको जवाफ लिखित पेश गर्नुभएको छ । सर्वोच्चले संविधानसभाको म्याद नथप्न आदेश दिइसकेको अवस्थामा सरकारले संविधानसभाको म्याद थप्न अन्तरिम संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा पेश गरेर अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च रिट दायर भएको थियो । रिटमाथिको सुनुवाइमा सर्वोच्चले आफैं उपस्थित भएर ७ दिनभित्र लिखित जवाफ पेश हुन निर्देशन दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।