सबै दलको सहमतिमा बजेट ल्याइने अर्थ मन्त्री पुनको भनाइ

१८ जेष्ठ २०६९, बिहीबार १७:५९ मा प्रकाशित

काठमाडौ, १८ जेठ । अर्थमन्त्री वर्षमान पुनले राजनीतिक दलहरुसँगको सहमति बाट नै आर्थिक वर्ष २०६९÷२०७० को बजेट ल्याइने बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले दलहरुको बीचमा सहमतिको प्रयास भइरहेकाले सहमतिको बजेट नै आउने धारणा राख्नुभएको हो । उहाँले व्यवस्थापिका संसद नरहेको अवस्थामा दलहरुको सहमतिमै सबै प्रक्रिया अगाडि बढाइने बताउनुभयो । उहाँले प्रमुख राजनीतिक दलका आर्थिक क्षेत्र हेर्ने प्रमुखहरुसँग बजेट निर्माणबारे छलफल गरेर बजेट ल्याइने र त्यसको लागि प्रयास पनि भइरहेको बताउनुभयो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हालसम्म १ खर्ब ९० अर्ब ८ करोड राजश्व सङ्कलन भएको छ । त्यसमा जेठ महिनाको समेटिएको छैन भने वैशाख समान्तसम्म कुल लक्ष्यको ९८.६२ प्रतिशत राजश्व सङ्कलन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड