महिला बिच भलिबल जेठको अन्तिम साता हुने

१८ जेष्ठ २०६९, बिहीबार १७:५७ मा प्रकाशित

काठमाडौ, १८ जेठ । नेपाल भलिबल संघको आयोजनामा यही जेठ २७ देखि २९ गते सम्म दोस्रो राष्ट्रिय महिला बिच भलिबल हुने भएको छ । आज काठमाण्डूमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका अध्यक्ष दान बहादुर तामाङले दिनुभएको जानकारी अनुसार प्रतियोगितामा पाँच विकास क्षेत्रका २–२ समूह गरी १०, नेपाल पुलिसका २ समूह र शसस्त्र प्रहरीका २ समूह गरी कुल १४ समूहबीच प्रतिष्पर्धा हुनेछ । कीर्तिपुरस्थित त्रिवि परिसरमा नवनिर्मित अन्तर्राष्ट्रिय स्तरको बिच कोर्टमा हुने यस प्रतियोगिताको विजेता समूहले रु १० हजार, उप विजेताले रु ७ हजार र तृतीय हुने समूहले रु ५ हजार नगद पुरस्कारका साथै मेडल ट्रफी प्राप्त गर्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिनुभएको छ । खड्काले आज सामाजिक सञ्जालमा लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल

अष्ट्रेलियाकी ओलम्पिक कास्य र रजत पदक विजेता जेसी फक्स टोकियो आलम्पिक्स २०२० मा पनि कास्य पदक जितिसकेकी छन् । तर,

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै