आजबाट लोडसेडिङका् समय घट्यो

१८ जेष्ठ २०६९, बिहीबार १६:३७ मा प्रकाशित

काठमाडौ, १९ जेठ । नदीनालामा पानीको बहाव उच्च भएको र वर्षायाम सुरु हुन लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणले आजदेखि लागू हुनेगरी दैनिक एक घन्टाका दरले लोडसेडिङ घटाएको छ । प्राधिकरणको भारपे्रषण केन्द्रका अनुसार यसअघि दैनिक आठ घन्टाका दरले सातामा ५६ घन्टासम्म गर्दै आएको लोडसेडिङ आजदेखि सातामा सात घन्टाका दरले ४९ घन्टामा सीमित गरेको जनाएको छ । केन्द्रले यही जेठ १२ गतेदेखि लागु हुने गरी त्यसअघि हुँदै आइरहेको ६३ घन्टाको लोडसेडिङलाई सातामा दैनिक नौ घन्टाका दरले ५६ घन्टामा सीमित गरेको थियो । औद्योगिक क्षेत्रमा यसअघि हुँदै आएको दैनिक ११ घन्टासम्मको लोडसेडिङमा परिवर्तन गरी दैनिक १० घन्टा कायम गरिएको छ । नयाँ कार्यतालिकामा निर्धारण गरिएको समयमा पाँच मिनेटको हेरफेर हुन सक्ने पनि केन्द्रले जनाएको छ । केन्द्रले मुलुकका विभिन्न स्थानमा ७० प्रतिशतभन्दा बढी चुहावट हुने क्षेत्रमा भने निर्धारित कार्यतालिकामा थप पाँच घन्टासम्म लोडसेडिङ हुने जनाएको छ । अब सातामा दुई दिन आठ घन्टा, एक दिन साढे सात घन्टा, एक दिन सात घन्टा, एक दिन साढे छ घन्टा, एक दिन छ घन्टा एक दिन पाँच घन्टा मात्र लोडसेडिङ हुने पनि केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से