२४ घण्टाभित्र गोली हान्ने समूहलाई पक्राउ गर्ने सरकारी दावी, प्रधानमन्त्रीद्धारा सुरक्षा समितिको बैठक आब्हान

१८ जेष्ठ २०६९, बिहीबार १३:४२ मा प्रकाशित

काठमाडौ, १८ जेठ । गृहमन्त्री विजयकुमार गच्छदारले सर्वोच्चका न्यायाधिस रणबाहादुर बममाथि गोली हान्ने समूहलाई २४ घण्टाभित्र पक्राउ गरेर कानूनी कठघरमा उभ्याउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
उनले गोली प्रहार गर्ने समूहलाई पक्राउ गर्न ठूलोमात्रामा प्रहरी परिचान गरिएको भन्दै अपराधीलाई कुनै पनि हालतमा उन्मुक्ती नदिईने बताए । बमको अवस्था बुझ्न नर्भिक अस्पतालमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख, प्रधानन्यायाधिस सहितका सर्वोच्चका न्यायाधिसहरु पुगेका थिए ।
यसैवीच प्रधानमन्त्री डा बाबुराम भट्टराईले गृहमन्त्री विजयकुमार गच्छदार, गृहसचिव शुशिल जंग राणा र प्रहरी प्रमुख रविन्द्र प्रताप शाहलाई टेलिफोन गरेर बममाथि आक्रमणको घटनाको तत्काल छानविन गरेर अपराधीलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीले राष्ट्रपति डा रामबरण यादवलाई टेलिफोन गरेर घटनाबारे जानकारी गराउँदै अपराधी तत्काल पक्राउ गरी कारवाही गर्ने विश्वास ब्यक्त गरेका थिए ।
यता प्रधानमन्त्रीले राजधानी सहित मुलुकको सुरक्षा अवस्थाको विषयमा छलफल गर्न प्रधानमन्त्रीले सुरक्षा समितिको बैठक बोलाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट