सर्वोच्च अदालतका न्यायाधिस रणबहादुर बमको निधन, कलाकार दिपक गिरीका बुबा गंभिर

१८ जेष्ठ २०६९, बिहीबार १२:१८ मा प्रकाशित


काठमाडौ, १८ जेठ । अज्ञात समूहले प्रहार गरेर घाईते बनाएका सर्वोच्चका न्यायाधिस रणबहादुर बमको निघन भएको छ । उनको राजधानीको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । आक्रमणमा चार गोली लागेका बमको शरिरबाट गोली निकालिए पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । राजधानीको शंखमुलको यूएन पार्क नजिक दुई वटा पल्सर मोटरसाईकलमा आएका अज्ञात ब्यक्तिले वा ८ च ९८५३ नम्बरको सेतो निजी कारमा सवार न्यायधिस बममाथिमा गाडि बाहिरबाटै गोली प्रहार गरेको थियो । अध्याधिक रक्त श्राबका कारण रगत गएर मुटु र फोक्सो जमेपछि बमलाई बचाउन नसकिएको डा भारत रावलले जानकारी दिएका छन् ।
न्यायाधिस बमलाई बंगलामुखी दर्शन गरेर अदालत तर्फ जाने क्रममा विहान ११ बजेर ८ मिनेट गोली प्रहार गरिएको थियो ।  घटनामा उनका अंगरक्षक महेश गिरी र हास्य कलाकार दिपकराज गिरीका पिता राम गिरी पनि घाईते भएको बताईएको छ । गाडिका चालक भने सकुसल रहेका छन् । गिरीलाई घाटीमा र न्यायाधिस बमलाई कोखामासहित चार वटा गोली लागेको थियो । गोली चलेपछि स्थानीय बासिन्दाले घाईतेलाई उद्दार गरी अस्पताल भर्ना गराएका थिए । अहिले सो क्षेत्रलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घटना स्थलमा नेपालबाद पार्टीका अमर नेपालको नामबाट जारी अमर नेपाल जिन्दाबाद लेखिएको पम्प्लेटहरु भेटिएको छ । गोली हान्ने ब्यक्ती भने गोली हानेर जागलतर्फ भागेको बताईएको छ ।
न्यायाधिस बममाथि न्यायापरिषदले महाअभियोग लगाउने निर्णय गरेको थियो । त्यसपछि उनी जिम्मेवारी विहीन बनाईएका छन् । उनी अदालतमा हाजिर गरेर फर्कने गरेका छन् ।
यता बमसँगै गाडिमा सवार हास्यकलाकार दिपकका बुबालाई पनि गोली लागेको छ । उनको पेटमा गोली लागेको छ । हास्यकलाकार गिरीले हिजो नै न्यायधिस गिरीको घरमा आफ्ना बुबा बसेको र आज बंगलामुखीको दर्शन गरी फर्कने क्रममा सँगै गाडिमा रहँदा प्रहार गरिएको गोली लागेको जानकारी दिए ।  एउटा गोली लागेका गिरीलाई घटना लगत्तै अल्का अस्पतालमा उपचारकोलागी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि अहिले नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा