भावी रणनीति तय गर्न माओवादीको संस्थापन र बैद्य समूहको केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक

१८ जेष्ठ २०६९, बिहीबार ०९:४१ मा प्रकाशित

काठमाडौ, १८ जेठ । दुवै बिचार समूह मिलेर जाने वा छुुट्टिने भन्ने निक्र्यौल गर्न एकीकृत माओवादीको संस्थापन पक्ष र बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले आफू पक्षका केन्द्रीय सदस्यहरुको छुट्टाछुट्टै बैठक आज बोलाएका छन् । पार्टी विवाद, संविधानसभाको विघटन, आगामी रणनीतिको बारेमा छलफल गर्न संंस्थापन पक्षको बैठक बिहान ११ बजे पेरिसडाँडा कोटेश्वरमा बोलाइएको छ । पेरिसडाँडामा बस्ने बैठकमा संविधानसभा विघटनको समीक्षा, संविधानसभा नयाँ चुनावको तयारी, पार्टीको आगामी कार्ययोजना लगायत विषयमा छलफल हुने पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले जानकारी दिनुभयो । पछिल्लो राजनीतिक परिस्थितिको जानकारी गाउँ तहसम्म पु¥याउने र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग मिलेर जनपरिचालनमा जानेबारे पनि बैठकमा छलफल हुने गजुरेलले बताउनुभयो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयीक राजनीतिक परिस्थितिको समीक्षा सहित पार्टीको आगामी रणनीतिबारे प्रस्ताव पेस गर्ने बताइएको छ । माओवादीको संस्थापन र बैद्य समूहको एकै दिन छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बस्न लागेको यो पहिलो पटक हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।

काठमाडौं । नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी