सुडान घोटालाका आरोपी विरुद्ध आज अख्तियारले सर्वोच्चमा पुनरावेदन गर्ने

१८ जेष्ठ २०६९, बिहीबार ०९:३५ मा प्रकाशित

काठमाडौ, १८ जेठ । नेपाल प्रहरीको सुडान मिसनमा आवश्यक एपीसी खरिदमा भएको घोटालाको अभियोगमा विशेष अदालतले दावी विपरित फैसला गरेको ठहर सहित अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ ।
अख्तियार स्रोतका अनुसार सुडान घोटालामा संलग्न ३६ जना प्रहरी अधिकारी, दलाल र ब्यापारी विरुद्धको मुद्दामा विशेष अदातले कम सजाय गरेको र केहीलाई निरपराधी ठानेको भन्दै त्यस विरुद्ध सर्वोच्च जान लागिएको हो ।
सो काण्डमा पूर्वं प्रहरी प्रमुख रमेशचन्द्र ठकुर, अच्यूतकृष्ण खरेल, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, मोतिलाल बोहरा, प्रदिप समशेर जवरालगायतका संलग्न भएको आरोप अख्तियारको छ ।
मुद्दा दायर गरिएका मध्ये २४ जना प्रहरी सेवाका बहालबाला अधिकारी हुन भने १० जना सेवा निबृत्त भईसकेका छन् ।
प्रहरी सेवाका यति धेरै अधिकारिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरि कारवाही अगाडि बढाईएको यो पहिलो घटना हो । प्रहरी अधिकारीहरुबाहेक लण्डन स्थित एस्यूर्ड रिस्क्स लिमिटेडका निर्देशक माईकल रिडर र त्यसको नेपाल स्थित प्रतिनिधि भगवती ट्रेडर्सका प्रोप्राईटर शम्भु भारती पनि अभियोगीमा छन् ।
अख्तियारले विशेष अदालतमा पूर्व प्रहरी महानिरिक्षक ठकुरी सहित विशिष्ट श्रेणीका आठ प्रहरी अधिकारीविरुद्ध १३ वर्ष कैद र अन्य ३३ जनाविरुद्ध १० वर्ष कैद, विगो असुली र त्यतीनै जरिवानाको माग दावी गरेको थियो । अख्तियारले सो काण्डामा २८ करोड ८१ लाख ६१ हजार ६ सय २९ रुपैया ३० पैसा घोटाला भएको दावी गरेको छ ।
विशेष अदातलले पूर्व आईजीपीहरु ओमविक्रम रणालाई दुई वर्ष कैदका साथै १७ करोड रुपैया जरिवाना, हेमबहादुर गुरुङलाई दुई वर्ष कैद र ६ करोड रुपैया जरिवाना साथै रमेश चन्दलाई २ वर्ष कैद र ४ करोड रुपैया जरिवाना गरेको थियो । त्यस्तै माईकल रडारलाई २ वर्ष कैद र २८ करोड रुपैया जरिवाना र सम्भु भारतीलाई २ वर्ष कैद र १४ करोड रुपैया जरिवाना गरेको थियो । अन्य ३१ प्रहरी अधिकारीहरुलाई भने विशेषले सफाई दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल