छुट्टिने सम्भावना धेरै भएको बैद्य समूहको प्रतिक्रिया

१८ जेष्ठ २०६९, बिहीबार ०९:१४ मा प्रकाशित

काठमाडौ, १८ जेठ । माओवादीको असन्तुष्ट बैद्य पक्षले भने पार्टी एकताको सम्भावना अब सकिएको प्रतिक्रिया दिएको छ । संस्थापन पक्षसँग कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल र निर्णय गर्न बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहको केन्द्रीय सदस्यहरुको बैठक बिहान ११ बजेपछि ललितपुरको कुपन्डोलमा बस्दैछ । संविधानसभाको विघटनपछि एउटै एजेण्डा बनाएर भावी रणनीति बनाउने संस्थापन पक्षले प्रयास गरे पनि बैद्य समूहले भने पार्टी एकताको सम्भावना करिब सकिएको प्रतिक्रिया दिएको छ । पोलिटब्यूरो सदस्य हरिभक्त कँडेलले पार्टी नेतृत्वसँगको सम्बन्धको बारेमा आधिकारिक धारणा तयार पार्ने र त्यसै अनुसार कदम चाल्ने बारेमा आजको बैठकमा छलफल र निर्णय गरिने जानकारी दिनुभयो । उहाँका अनुसार संस्थापन पक्षले पार्टीको आधिकारिक लाइन र सिद्वान्त छोडेका कारण एकताको सम्भावना कम्जोर देखिएको छ । पार्टी एकताको लागि अध्यक्ष पुष्पकमल दाहालले पद छोड्नुपर्ने र विगतमा भएका गल्ती स्वीकार गर्नुपर्ने बैद्य समूहले शर्त राखेको छ । आफू पक्षका केन्द्रीय समितिको बैठकमा संविधानसभा विघटनको कारण, समीक्षा, अहिलेको सरकारको राजिनामा माग र राष्ट्रिय सरकार निर्माणको बारेमा पनि कुराकानी हुने पोलटव्यूरो सदस्य कँडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका