पासाङ शेर्पाद्धारा एमाले परित्याग

१७ जेष्ठ २०६९, बुधबार २१:२० मा प्रकाशित

काठमाडौ, १७ जेठ । नेकपा एमालेबाट मन्त्री परिषदको कोटाबाट सभासद बनेका पासाङ सेर्पाले आजबाट एमाले परित्याग गरेका छन् ।
मेची काठमाडौ सम्पर्क मन्चमार्फत सेर्पाले अध्यक्ष झलनाथ खनाल, आफू सदस्य रहेको विदेश विभाग प्रमुख र आफू महासचिव रहेको लोकतान्त्रिक आदीबासी जनजाती संघका अध्यक्षलाई बोधार्थ हुने गरी राजिनामा पेश गरेका छन् ।
आदीबासी जनजाती महासंघका पूर्व अध्यक्ष समेत रहेका शेर्पाले पार्टीले एकल जातीय पहिचानसहितको संघीयता र संघीयता सहितको संविधानमा ठोस अडान लिन नसकेको र संघीयता विरोधीको कित्तामा उभिन पुगेको भन्दै आदीबासी जनजाती लाई संगठित गरी आन्दोलनलाई बलियो बनाउने काममा आफु सक्रिय हुने स्पष्ट पारेका छन् । उनले नयाँ पार्टी नखोल्ने समेत संबाददाताहरुसँग बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा